Comments Add Comment

कांग्रेस सांसद अमरेशको नगरमा राजपाको जीत

अमरेश कुमार सिंह

६ असोज, सर्लाही । नेपाली कांग्रेसका नेता एवम् सांसद अमरेश कुमार सिंहको गृहनगरमा राजपा उम्मेदवार विजयी भएका छन् । सर्लाहीको बलरा नगरपालिकामा राजपाका अभय कुमार सिंह विजयी भएका हुन् ।

उनले कांग्रेसका उम्मेदवार कमलेश्वरप्रसाद सिन्हालाई ५१८ मतअन्तरले पराजित गरे । अभय कुमारले ४ हजार ९०५ र कमलेश्वरले ४ हजार ३२७ मत पाए ।

तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार रामबाबु दासको पक्षमा १ हजार ७४० मत परेको छ ।

अमरेशले बलरा नगरपालिकाको चुनावलाई प्रतिष्ठाको विषय बनाएका थिए । बलरामा कांग्रेस कार्यकर्ता र राजपा कार्यकर्ताबीच पटक-पटक विवादसमेत हुने गरेको थियो ।

निर्वाचनको अघिल्लो दिन असोज एक गते राती राजपा कार्यकर्ताहरुमाथि अमरेशका अंगरक्षकले गोली समेत चलाउँदा स्थिति तनावपूर्ण बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment