Comments Add Comment

सिद्धबाबामा पहिरो, सयौं यात्रु अलपत्र


७ असोज, बुटवल । मध्यरातमा पहिरो खसेपछि बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा सडक क्षेत्र अबरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत दोभान सिद्धबाबा क्षेत्रमा ढुंगे पहिरो खसेको हो । सडकमा ठूला-ठूला ढुंगा खसेर बाटो बन्द भएकेा छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत सो क्षेत्रमा खसेको पहिरोले मध्यरातदेखि सडकमा सयौं सवारी र त्यसमा सवार यात्रुहरुको लाइन लागेको छ । एकतर्फी भएपनि सडक खुलाउने प्रयास भैरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत, अर्घाखाँची जाने र सो क्षेत्रबाट बुटवल फर्कने यात्रुहरु बिचल्लीमा परेका छन् । चाडबाडका लागि घर र्फकने यात्रुहरु रातभर सडकमै बिताउन बाध्य भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment