Comments Add Comment

सन्नी लियोनीसँग डान्स गर्ने सञ्जय दत्तको इच्छा अधुरो

बलिउड अभिनेता सञ्जय दत्तले तीन वर्षको अन्तरालपछि फिल्ममा कमब्याक गरेका छन् । उनको प्रमुख भूमिका रहेको फिल्म ‘भूमि’ शुक्रबार रिलिज भएको छ ।

यस फिल्ममा पूर्व पोर्नस्टार सन्नी लियोनीले एउटा आइटम डान्स गरेकी छिन् । उक्त आइटम डान्समा सञ्जय दत्त भने देखिएका छैनन् ।

फिल्मका निर्देशक उमंग कुमारका अनुसार यस आइटम डान्समा आफूलाई पनि सामेल गराउन सञ्जय दत्तले उनलाई प्रस्ताव गरेका थिए । तर, उमंगले सो प्रस्ताव अस्वीकार गरिदिए ।

‘त्यो आइटम डान्स जबरजस्ति घुसाइएको नभएर कथाको माग थियो, र कथा अनुसार त्यहाँ नायकको उपस्थिति सान्दर्भिक थिएन,’ एक अन्तरवार्तामा उमंग कुमारले भने ।

त्यसो त बलिउडका ठूला स्टारहरु सन्नी लियोनीसँग काम गर्न अन्कनाउने गर्छन् । उनले एकाध सानो बजेटका फिल्ममा हिरोइनको भूमिका पाए पनि ठूला ब्यानरका फिल्ममा भने आइटम डान्समै सिमित छन् । यसअघि सन्नीले शाहरुख खानको फिल्म रइसमा आइटम डान्स गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment