Comments Add Comment

म ‘ज्याक अफ अल मास्टर अफ नन्’ हुँः प्रचण्ड

७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलाडीका रुपमा आफू ‘ज्याक अफ अल मास्टर अफ नन्’ भएको बताएका छन् ।

अखिल नेपाल खेलकुद महासंघको शुभकामना आदान-प्रदान कार्यक्रममा प्रचण्डले भने- ‘मैलै आफ्नो बेलामा धेरै खेल खेले । मैले फुटबल, भलिबल, दौड, कराते, घोडचढी, बक्सिङ, टेबलटेनिस खेले । तर, म कुनैमा पनि पोख्त छैन । टेबलटेनिस त म अहिले पनि आफूलाई मेन्टेन गर्न नियमित खेल्छु । मैलै यो भन्नुको कारण खेलकुद प्रति मेरो सद्भाव र लगाव छ भन्न मात्र खोजेको हो ।’

शान्ति प्रक्रियामा आएदेखि खेलकुद जगतलाई व्यवस्थित र विकसित गर्न सक्दो प्रयास गरेको बताउदै जति गर्नुपर्ने थियो त्यो नभएकोमा भने चिन्ता व्यक्त गरे ।

उनले खेलकुद कुनैपनि देशको संस्कृति, सभ्यता र योग्यता चिनाउने माध्यमका साथै एकताको मध्यम भएको बताउदै स्वस्थ जीवनका लागि मात्र नभइ स्वस्थ राष्ट्र निर्माणका लागि खेलकुद अपरिहार्य भएको धारणा व्यक्त गरे ।

गृह मन्त्री जनार्दन शर्माले खेलकुदमा रहेको विवादलाई अन्त्य गरी खेलाडीलाई ढुक्कसँग खेल्ने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिए ।

राखेपका सदस्य-सचिव केशवकुमार विष्टले पार्टीको स्वार्थका लागि नभइ खेलकुदको विकासमा टेवा पुर्‍याउने उद्देश्यले राजनीतिक पार्टीले खेलकुद संगठन खोल्नु राम्रो पक्ष भएको विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment