Comments Add Comment

गुल्मीमा कटुवाललाई तलब तोकियो

८ असोज, गुल्मी । गुल्मीमा पहिलोपटक कटुवालको तलब तोकिएको छ । धुर्कोट गाउँपालिकाले कटुवालको काम गर्दै आएकाहरुलाई तलब व्यवस्था गरेको हो ।

यससँगै कटुवालहरुले मगन्तेले जसरी घर-घरमा पुगेर अन्न संकलन गर्नुपर्ने बाध्यता हटेको छ ।

धुर्कोट गाउँपालिकाले कटुवाललाई जनही ३६ सय रुपैयाँको दरले तलव तोक्ने निर्णय गरेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले जानकारी दिए ।

यो वर्ष धेरै रकम भए पनि तलव व्यवस्थाको सुरुवात मात्रै गरिएको र क्रमशः बृद्धि गरिदै जाने प्रमुख पोखरेलको भनाइ छ । उनका अनुसार धुर्कोट गाउँपालिका भित्र १७ जना कटुवालहरु रहेका छन् ।

भुरे टाकुरे राज्यकालमा गुठी जग्गा र गाउँबासीबाट मुठी संकलन गरी तत्कालिन स्थानीय प्रशासनले कटुवाल राख्ने प्रथाको सुरुवात गरेको थियो । गाउँमा कुनै बैठक, भेला, बिभिन्न खाले सामाजिक कार्यको निम्ती कटुवालले हाक पारेर गाउँलेलाई जम्मा गर्ने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment