Comments Add Comment

दशैंमा घर जाँदा छुटाउन नहुने औषधि !

बालबच्चा लिएर यात्रा गर्दै हुनुहुन्छ ? ५ कुरामा ध्यान दिनुहोस्

दशैंका बेला काठमाडौंबाट घर जाने क्रममा धेरै मानिसलाई वान्ता हुने समस्याले सताउने गर्छ । त्यसैले लामो दूरीको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या नहोस् भन्नका लागि तपाईंले केही औषधि साथमा बोक्नु राम्रो हुन्छ ।

वान्ता रोक्ने औषधि

कतिपय मनिसलाई लामो दूरीको यात्रामा बान्ता हुने गर्छ । जसका कारण मोसन सिकनेस, हावाको सिकनेस आदि हुन सक्छ । यदि कसैलाई मोसनको समस्या वा वान्ता आउने समस्या छ भने ओन्डेमलगायका औषधिको प्रयोगबाट यो समस्यालाई रोक्न सकिन्छ । यस्ता औषधि यात्रा गर्नुपूर्व करिब आधा घण्टा अगाडि सेवन गर्नुपर्छ । यसले वान्ता आउन नदिनुका साथै तपाईंलाई निद्रा लगाउँछ ।

मास्क

मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य छ । त्यसबाहेक, धुलोधुवा, रुघाखोकी, भाइरल लगायत विभिन्नखाले संक्रमणजन्य रोगबाट बच्न मास्ककोे प्रयोग अनिवार्य छ । भीडभाडमा मास्कको प्रयोगले तपाई विभिन्नखाले संक्रमणबाट जोगाउनुुका साथै धुलोधुवाँका कारण स्वासप्रस्वास सम्बन्ध समस्या हुन दिदैन ।

पखाला रोक्ने औषधि

बसमा लामो दुरीको यात्रा गर्दा अचानक पेट सम्बन्धी समस्या उत्पन्न हुनसक्छ । विशेषगरी पखाला लाग्दा वा तारन्तार दिशा लागेमा तथा अचानक पेट दुखेमा यात्रा कष्टकर बन्न सक्छ । त्यसको रोकथामका लागि पखाला रोक्ने तथा पेटको दुखाई कम गर्ने औषधी साथमा राख्नुपर्छ ।

अस्पताल तथा हेल्थ पोष्ट नजिकै नभएको ठाउँमा पखाला लाग्दा जीवनजल तथा इलेक्ट्रोवियनले अमृतको रुपमा काम गर्छ । यसले शरीरमा पानी मात्रालाई कम हुन दिँदैन र शरीरमा तागत कायम गर्छ ।

एलर्जीको औषधि

यात्राका क्रममा कयौ मानिसहरुले एलर्जीको समस्या भोग्ने गर्छन् । एलर्जीका कारण यात्रा कष्टकर बन्न सक्छ । यो समस्याबाट बच्न ‘सिट्रोजिन’ नामक औषधी राम्रो विकल्प बन्न सक्छ ।

पेट दुखेको औषधि

कतिपय मानिसहरु यात्राका क्रममा खाइराख्न मन पराउँछन् । तर, लामो यात्रामा धेरै खानु स्वस्थकर नहुन सक्छ । कहिलेकाहीँ दूषित पानी तथा बासी तथा खराब खानेकुराका कारण पेटको दुखाई उत्पन्न हुन सक्छ । त्यसतिबेला बुस्कोपान, कोलिवान लगायतका औषधी निकै उपयोगी हुन सक्छन् ।

ग्याष्ट्रिकको समस्या

ग्यास्टि्रकको समस्या आम नेपालीको साझा हो । ग्यास्टि्रककै कारण यात्रामा मानिसलाई वान्ता हुने, टाउको दुख्ने लगायतका समस्या उत्पन्न हुने गर्छ । यस्ता समस्यामा एसिलक, डाइजिन, ओमीप्राजोल लगाउयका औषधी रामवाण सावित हुनसक्छ ।

टाउको वा जीउ दुखेमा


यात्राका बेला टाउको वा जीउ दुखेमा वा ज्वरो आएमा ˆलेक्जोन, बु्रसेट, सिटामोल लगायतका औषधी सेवन गर्ने धेरै मानिसको बानी छ । यस्ता औषधीको प्रयोगले यात्राका दौरान केही समय शरीरलाई राहत दिन सक्छ । यद्यपि चिकित्सकहरु यस्ता औषधी सकेसम्म प्रयोग नगर्न सल्लाह दिन्छन् ।

चोटपटक लागेमा

यात्राका क्रममा कहिलेकाहीँ शरीरमा चोटपटक लाग्न सक्छ । त्यसका लागि घाउमा बाँध्ने टप, ब्यान्डेज, पट्टी, कपास, घाउमा लगाउने ह्याण्डी प्लास्ट इत्यादि साथैमा राख्नु उपयुक्त हुन्छ ।

नियमित औषधि

यी बाहेक तपाईले नियमित प्रयोग गर्ने औषधीहरु छन् भने साथमा बोक्न नछुटाउनुहोला । कहिलेकाहीँ तपाईले प्रयोग गररिरहनुभएको औषधी दुर्गम गाँउमा नपाउन पनि सक्छ ।

बालबच्चा लिएर यात्रा गर्दै हुनुहुन्छ ? ५ कुरामा ध्यान दिनुहोस्

दशैंका बेलामा वालबच्चाहरु लिएर लामो यात्रामा निस्कनु हाम्रो बाध्यता जस्तै हो । यस्तो बेलामा अभिभावकले केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

बजारबाट टाढा गाडीमा यात्रा गरिरहेका बेला ला… यस्तो कुरा छुटेछ भन्दै चुक्चुकाउनुको साटो यात्रा गर्नुपूर्व नै केही तयारीहरु गर्नुपर्ने हुन्छ ।

हामीले वालवालिकाको रुची र आवश्यकता अनुसारको तयारी गरेनौं भने उनीहरु यात्राका क्रममा रुने र गन्तव्यमा पुगिसकेपछि पनि झगडा गर्ने र चिडचिडाउने समस्या आउन सक्छ । त्यसैले वाल मनोविज्ञानलाई ख्याल गर्दै निम्न तयारी गर्नु उपयुक्त हुन्छ-

१. बच्चालाई आवश्यक पर्ने कपडा, डायपर तथा औषधी बोक्न नछुटाउनोस् ।

२. नयाँ वातावरणमा घुममिल हुन बच्चालाई केही समय लाग्ने भएकाले उनीहरुलाई मनपर्ने खेलौना लगायतका सामाग्रीहरु साथमा लैजानोस् ।

३. यात्रामा आमाले मात्रै बच्चाको ध्यान राख्नु पर्याप्त हुँदैन । बच्चालाई परिवारका अन्य सदस्यले पनि पर्याप्त ध्यान दिनुपर्छ ।

४.यात्राका बेला बालबालिकालाई जुनसुकै बेला उनीहरुले मागेअनुसारको खानेकुरा दिन सम्भव हुँदैन । त्यसैले यात्रा थाल्नु अगावै उनीहरुलाई मनपर्ने खानेकुरा प्याक गरेर बोक्न छुटाउनु हुँदैन ।

५. बाटामा कुनै समस्या नपरोस् भनेर इमर्जेन्सी नम्बरहरु साथैमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment