Comments Add Comment

शिक्षा एेनको नवौं संशोधन फिर्ता गर्न पहल गर्छु: अोली

९ असोज,काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले शिक्षा ऐनको नवौं संशोधन फिर्ता गर्न सक्दो पहल गर्ने बताएका छन् ।

सोमबार विहान आफ्नै निवास पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुको ज्ञापनपत्र बुझ्दै ओलीले जो अगाडिको आयो उसकै कुरामा ताली लाउने प्रवृत्तिले मुलुक नबन्ने वताए ।

‘हतार गरेर राति राति विधेयक पारित गर्ने कुरा उपयुक्त हैन,’ ओलीले भने,’ प्रतिपक्ष दलको वहुमत त हुंदैन,तर यसलाई फिर्ता गराउन सक्दो पहल गर्नेछ ।’

सोमबार नै विद्यार्थी नेताहरुले कांग्रेस कार्यवहाक सभापति विमलेन्द्र निधिलाई समेत भेटेर ज्ञापन पत्र दिएका छन् । ज्ञापन पत्र बुझ्दै निधिले यसमा सकारात्मक पहल गर्ने वताए ।

शिक्षक लाइसेन्स लिएका सात लाख विद्यार्थीलाई ऐनले प्रत्यक्ष असर गर्ने भन्दै फिर्ता लिन माग गर्दै विद्यार्थी नेताहरु बिहान ओलीको निवास बालकोट पुगेका थिए । सबै पार्टीका शीर्ष नेतालाई दबाव दिने कार्यक्रम अन्तर्गत विद्यार्थी नेताहरुले त्यपसछि निधिलाई भेटेका हुन् ।

सोमबार सभामुख ओनसरी घर्तीलाई भेटेर ऐनको प्रकृया थप अघि नवढाउन दबाव दिने अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment