Comments Add Comment

खानपानमा सतर्कताः खानेकुरा एकसाथ सेवन गर्नु कति घातक

दशैंलाई हामी मीठो मसिनो खाने पर्वको रुपमा बुझ्ने गर्छौं । हुन त अहिले मीठो मसिनो खान दशैं नै कुर्नुपर्ने बाध्यता छैन । यद्यपी इष्टमित्र, आफन्त, परिवारजन एकसाथ भेला भएर विभिन्न परिकार बनाएर खाने पर्वको रुपमा दशैंको विशिष्ठ महत्व छ ।

त्यही कारण दशैंको खानपान विशेष हुने गर्छ । यतिबेला नेपाली समाजले मासुजन्य पदार्थ बढी नै खपत गर्छ । त्यस्तै मदिराको खपत पनि आकासिन्छ ।

यद्यपी दशैंको खान्कीमा रमाउनेहरुले सर्तक भने हुनैपर्छ । अनियन्त्रित भोजन गर्दा पाचन यन्त्रमा समस्या हुनसक्छ । एकै स्थानमा बसेर घन्टौसम्म मीठो मसिनो खानु आफैमा हानिकारक हो । यसले मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरलाई जन्म दिन सक्छ । त्यसैले खानपानमा बिशेष सावधानी अपनाउनै पर्छ ।

सलादको सेवन
दशैंमा आफन्तकहाँ पाहुना जाने, खाने प्रचलन छ । यसरी हरेककहाँ गएर खाँदा अपच हुनसक्छ । शरीरलाई आवश्यकभन्दा बढी भोजन ग्रहण गर्न सकिन्छ ।

मदिराअघि पानी
यसबाट जोगिनका लागि खानामा सलादको मात्रा बढाउनुपर्छ । सलाद सेवन गरेपछि अन्य खानेकुरा धेरै खान सकिदैन । साथै मदिरा सेवन गर्नुअघि पर्याप्त पानी वा जुस सेवन गर्नुपर्छ । यसले मदिराको असर कम हुन्छ ।

शारीरिक सक्रियता
अक्सर दशैंमा मीठो मसिनो खएपनि त्यस अनुरुप व्यायाम गरिदैन । अन्य काम पनि गरिदैन । बरु घन्टौ बसेर तास खेल्ने गरिन्छ । अन्य दिनमा व्यायाम गर्ने, मर्निङवाक जाने गरेपनि दशैंमा यस्ता गतिविधिहरु छुट्छन् । जसले गर्दा खाएको कुरा पचाउन सकिदैन । त्यसले अपच हुने त छादैछ, शरीरमा अतिरिक्त बोसो जम्ने खतरा पनि रहन्छ । त्यसैले दशैंको विदामा पनि शारीरिक गतिविधिमा जोड दिनुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ ।

विजातिय परिकार
हामी एकसाथ धेरै परिकार बनाएर सेवन गछौ, बिशेषत दशैंमा । माछामासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । यी सबै परिकारमा आ-आफ्नै पौष्टिक तत्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपी सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रसायनिक प्रतिक्रिया हुन्छ । फलत हामीलाई फुड पोइजन हुनसक्छ । कति खानेकुराहरु आपसमा मिल्दैन । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ ।

दही र फल
हामी दही र फल एकसाथ सेवन गछौं । अझ दही र फल एकसाथ मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ । यसले पाचन क्रियालाई असर गर्छ ।

कागति र दुध
कागति र दुध आफैमा फाइदाजनक मानिन्छ । यद्यपी दुध र कागति एकसाथ मिसाएर सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

पनिर र कार्बोहाइड्रेट
पनिर, मासु, अन्डा, नट्स जस्ता प्रोटिनयुक्त खानेकुरासाग ब्रेड, आलु, दाल जस्ता कार्बोहाइड्रेट सेवन गर्नु हुादैन । यसले गर्दा भोजन पचाउन गाह्रो हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट एकसाथ सेवन गर्दा कब्जियत पनि हुनसक्छ ।

दुध र दही
दही र दुध एकसाथ सेवन गर्दा एसिडिटी, ग्याष्ट्रिक, अपच र वान्ता जस्ता समस्या हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment