+
+

दशैंमा इन्भेष्टमेन्ट बैंकका २२ शाखा खुला रहने

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १० गते १२:५८

१० असोज, काठमाडौं । दशैंको लामो बिदाका समयमा उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहजता होस भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंकले देशभरका आफ्ना विभिन्न स्थानका २२ वटा शाखाहरु विभिन्न मितीमा खुल्ला राख्ने भएको छ ।

सबै बिदाका दिन बैंकको मुख्य कार्यालय दरबारमार्ग बिहान ९ देखि १२ बजेसम्म खुल्ने छ । यसैबिच बैंकले काठमाडौंको ठमेलस्थित सातघुम्तीमा आफ्नो ९९ औं एटिएम सेवा बिस्तार गरेको छ । पर्यटकहरुको बक्लो आवतजावत हुने ठमेलमा स्थानीय उपभोक्तालाई तत्काल बैंकिङ कारोबार गर्न सजिलो होस भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको हो । बैंकले यसअघि देशका विभिन्न स्थानमा रहेका ९८ वटा एटिएम मार्फत आफ्ना उपभोक्ताहरुलाई बैंकिङ सेवा दिदै आइरहेको छ ।

रु ९ अर्ब २४ करोड चुक्ता पूँजी रहेको बैंकले ८ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्ना ६१ वटा शाखाहरू र विभिन्न शाखारहित बैंकिङ सुविधाहरूबाट सेवा पु¥याउँदै आएको छ । बैंकको हाल ४ लाखभन्दा बढी भिसा कार्ड प्रयोगकर्ता रहेका छन ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँच पटकसम्म प्राप्त गर्ने नेपालको एकमात्र बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?