Comments Add Comment

सरकारबाट संवैधानिक स्वतन्त्रताको उपहासः निर्वाचन आयोग

आचारसंहिता उल्लंघनबारे दशैंपछि गम्भीर निर्णय लिने चेतावनी

११ असोज, काठमाडौं । सरकार आफैंले निर्वाचन आचार संहिता उलंघन गरेको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ । सरकारले निर्वाचन आयोगको संवैधानिक स्वतन्त्रता र औचित्यको उपहास गरेको आयोगको ठहर छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा आयुक्त सुधिर कुमार शाहले सरकार स्वयं निर्वाचन आचार संहिता विरुद्ध हिँडेको र आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेको आरोप लगाए ।

निर्वाचनको मिति घोषणा भइसकेपछि सरकारले आयोगकै सचिवको सरुवा गरेको, सहमतिविना मन्त्रिपरिषद् विस्तार गरेको तथा निर्णय सच्याउन गरिएको पत्राचारको बेवास्ता गर्दै पुनः दुई राज्यमन्त्री थप्ने काम गरेको निर्वाचन आयुक्त शाहले बताए ।

पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालयमा फिर्ता बोलाउने तथा आपूर्ति मन्त्रालयले आयल निगममा मन्त्रालयका उपसचिवलाई तत्कालका लागि निमित्त कार्यकारीको जिम्मेवारी तोक्ने काम पनि आचार संहिता विपरित भएको ठहर आयोगको छ ।

आयुक्त शाहले निर्वाचन आचार संहिता विपरित सरकारबाट भएका कामकारवाहीका बारेमा दशैं विदा पछि आयोगले गम्भीर निर्णय लिने चेतावनी समेत दिए ।
आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगले गत भदौ १४ गतेदेखि आचारसंहिता लागू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment