Comments Add Comment

ज्याकलिन कसको साथ डेट गर्दैछिन् ?

बलिउडमा लभ र ब्रेकअपको चक्र घुमिरहन्छ । यसको घानमा कतिले आफ्नो प्रेमको बलिदानी दिनुपर्छ । यस्तै भएको थियो, आलिय भट्टको हकमा पनि ।

बजारमा हल्ला के थियो भने, जब सिद्धार्थ र आलिय भट्टको बीचमा ज्याकलिन फर्नाडिजले ‘इन्टि्र’ गरिन्, उनीहरुको प्रेममा फाटो आयो । अर्थात सिद्धार्थ र आलिया अलग्गिए । त्यसपछि नै हो, सिद्धार्थसँग ज्याकलिन जोडिएका ।

ज्याकलिनकै कारण सिद्धार्थ र आलियाको ब्रेकअप भएको हल्ला चल्यो । त्यसपछि ज्याकलिनले आलियालाई शोसल मिडियामा अनफलो गरिदिइन् ।

तर, यो प्रसंगमा ज्याकलिनको फरक मत रह्यो । हालै उनले खुलाएकी छिन्, ‘मिडियाले यस्तो देखाउँछ कि, हामी अभिनेत्रीहरु आपसमा झगडा गरिरहेका छौं । तर, यस्तो केहि होइन ।’ फिल्म ‘ फिल्म ‘जुडवा-२’को बेला पनि तपसी र आफ्नोबीच यस्तै अफवाह चलेको उनको भनाई छ । उनले स्पष्ट पारेकी छिन्, ‘आलिया र मेरोबीचमा त्यस्तो केहि भएकै होइन ।’

आफुले शोसल मिडियामा आलियालाई अनफलो नगरेको पनि ज्याकलिनले स्पष्ट पारेकी छिन् । ‘मैले उनलाई कहिल्यै फलो नै गरेकै थिइन्, त्यसैले अनफलो गर्ने कुरै आउँदैन’ ज्याकलिनले भनेकी छिन्, ‘आलिया एकदमै समझदार छिन्, उनले यो सबै कुरा बुझ्नेछिन् ।’

सिद्धार्थको सम्बन्धका बारेमा पनि उनले फरक जबाफ दिएकी छिन् । उनले भनेकी छिन्, ‘म अरु कोहिसँग डेट गरिरहेकी छु । सिद्धार्थ केवल मेरो साथी मात्र हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment