Comments Add Comment

सलमान-ऐश्वर्यको चुम्बन तस्वीरको यस्तो रहेछ रहस्य

यसरी बलिउड अभिनेत्रीलाई सताइयो

सामाजिक संजालमा हालै एक आश्चर्यलाग्दो तस्वीर भाइरल भयो । यस तस्वीरमा सलमान खान र ऐश्वर्य राय चुम्बन गरिरहेको देखिन्छ । थाहा भएकै हो, सलमान-ऐश्वर्य पूर्व प्रेमी-प्रेमिका हुन् । उनीहरुको त्यो प्रेम सम्बन्ध बलिउडमा सर्वाधिक चर्चामा रह्यो । पछि उनीहरु छुटे । अहिले सलमान अविवाहित छन् । ऐश छोरीकी आमा भइसकिन् ।

यसैबीच सलमानले ऐश्वर्यलाई चुम्बन गरिरहेको फोटो आयो, जुन हेर्दा स्वभाविक जस्ता देखिए । तर, फेक थियो । अर्थात फोटोशपको माध्यामबाट बनाइएको फोटो सोसल मिडियामा भाइरल भएको थियो ।

त्यसो त फोटोशपको सिकार हुने सेलिब्रेटीमा सलमान र ऐशमात्र होइनन् । अरु थुप्रै बलिउड सेलिब्रेटी यसरी नै सताइएका छन् ।

न्यूड आलिया भट्ट

आलिया भट्टको नग्न फाटो पनि यसैगरी भाइरल भएको थियो । तस्विरमा उनी पूर्ण नग्न छिन् । यद्यपी यो फोटो पनि सक्कली थिएन । फोटोसपको माध्यामबाट कसैले यस्तो फोटो बनाइदियो । किनभने, आलियाले यस्तो फोटोशुट कहिल्यै गरेकी थिइनन् ।

दीपिकालाई यस्तो बनाइयो

केहि समयअघि अभिनेत्री दीपिका पादुकोणमाथि पनि यस्तै गरियो । उनलाई म्याक्सिम म्यागजिनको कभरमा कुनै पुरुष मोडलसँग फोज दिइरहेको देखिन्छ । त्यसमा उनी पूर्ण नग्न छिन् । वास्तवमा दीपिकाले यस्तो फोटो खिचेकै छैनन् ।

अर्को फोटोमा उनी भिक्टोरिया सिक्रेटकी मोडलको रुपमा र्‍याम्प वाक गरिरहेको देखिन्छ, यो फोटो पनि सक्कली होइन ।

टपलसेलस करिना

करिना कपुर पनि फोटोसपको सिकार भएकी छिन् । उनको एउटा फोटो खुब भाइरल भएको छ, टपलेस । यो फोटो त कति पत्रिकाले छाप्ने समेत गरेका छन्, सक्कली ठानेर । तर, त्यो नक्कली फोटो हो ।

बिकिनीमा सोनाक्षी

सोनाक्षी सिन्हाको विकिनी फोटो पनि निकै भाइरल भयो । यो तस्वीर कतिले मिडियाले छाप्यो पनि । तर, पछि सोनाक्षीले उक्त फोटो नक्कली भएको सावित गरिन् ।

विकिनीमा बिद्या बालन

विद्या वालनको विकिनी फोटो समेत मिडियामा खुब देखिन्छ । विद्याको समाचारमा कतिले त्यही फोटो प्रयोग गर्छन् । यद्यपी उक्त फोटो सक्कली होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment