+

क्याटलोनिया बहसः पिकेले स्पेनको राष्ट्रिय टिमबाट सन्यास लिन सक्ने

२०७४ असोज  १७ गते १०:४७ २०७४ असोज १७ गते १०:४७
क्याटलोनिया बहसः पिकेले स्पेनको राष्ट्रिय टिमबाट सन्यास लिन सक्ने

१७ असोज, काठमाडौं । बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेले क्याटलोनियाको स्वतन्त्रता जनमत संग्रहलाई आफूले गरेको समर्थनलाई समस्याको रुपमा लिए स्पेनको अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने बताएका छन् ।

बार्सिलोनाले आइतबार नाउक्याम्पमा लस पाल्मसविरुद्ध दर्शक विना नै खेल्नु परेको थियो, जुन खेल उसले ३-० ले जित्यो । खेलपछि भावुक रुपमा प्रस्तुत भएका उनले उक्त खेल आफ्नो लागि निकै कठिन भएको बताएका छन् ।

उनले भनेका छन्, ‘यदि बार्डले मलाई समस्याका रुपमा लिन्छ भने २०१८ को विश्वकप अघि नै राष्ट्रिय टिमबाट सन्यास लिन्छु ।’

आइतबार जे भयो, त्यसमा असहमति राख्ने तर लोकतन्त्रमा विश्वास गर्ने मानिसहरु धेरै रहेको उनले बताए ।

क्याटलोनिया उत्तर पूर्वी स्पेनको क्षेत्र हो, जहाँ ७.५ मिलियन मानिसहरु बस्छन् । उनीहरुको आफ्नै भाषा र संस्कृति छ र बार्सिलोना त्यसको राजधानी हो ।

त्यहाँ अहिले पनि माथिल्लो स्तरको स्वायत्तता छ तर, स्पेनिस संविधानले अलग राष्ट्र मानेको छैन ।

पिकेले स्पेनको राष्ट्रिय टोलीबाट ९१ खेल खेलेका छन् । तर, स्वतन्त्रताको पक्षमा उभिएपछि उनी विवादमा पर्दै आएका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय