Comments Add Comment

यसरी प्रक्राउ परिन् हनीप्रीत

डेरा सच्चा सौदा प्रमूख राम रहीमकी विश्वासपात्र वा सबैभन्दा नजिककी हनीप्रीत अन्ततः पक्राउ परेकी छिन् । यसअघि नेपालमा समेत भागेको हल्ला चलेपछि व्यापक रुपमा उनको खोजी भएको थियो । धरानमा उनी जस्तै रुपरंगकी युवती समेत पक्राउ परेकी थिइन्, जो पछि हनीप्रीत नभएको पुष्टि भयो ।

प्रहरीको आँखा छल्दै भागिरहेकी हनीप्रीत ३८ दिनपछि पक्राउ परेकी छिन् । उनलाई हरियाणा प्रहरीले पक्राउ गरेको हो । उनी इनोभा गाडीका यात्रा गरिरहेका थिए । उनको साथमा एक महिला पनि थिइन् ।

त्यहीबेला पटियाला जीरकपुर रोडमा हनीप्रीत पक्राउ परिन् । अब उनलाई अदालतमा पेश गरिनेछ ।

प्रहरीले हनीप्रीतलाई पंचकुल हिंसाको बारेमा सोधपुछ गर्नेछ । उनैबाट राम रहीम र डेरा सच्चा सौदासँग जोडिएको राज पनि खोतलिनेछ । भनिन्छ, प्रहरीले हनीप्रीतसँग गोप्य ढंगले सोधपुछ गर्नेछन् ।

मंगलबार हनीप्रीत अचानक सार्वजनिक भइन् । उनले एक न्युज च्यानललाई अन्र्तवार्ता दिइन् । र, पुरै घटनाबारे खुलेर कुराकानी गरिन् । उनले राम रहिमसँगको सम्बन्धबारे पनि केहि खुलाइन् । अन्र्तवार्ताको क्रममा उनले आफुलाई निरिह रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment