+
+

आजबाट सपोर्ट माइक्रोको सेयर बिक्री खुला

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १८ गते १२:४९

१८ असोज, काठमाडाैं । सपोर्ट माइक्रोफाइनान्सले सर्वसाधारणका लागि आज (१८ असोज) देखि एक लाख ८० हजार कित्ता सेयर जारी गरिरहेको छ। त्यसमध्ये दुई प्रतिशत कर्मचारी र पाँच प्रतिशत सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ ।

एक सय अंकितमूल्य रहेको सेयर २३ असोजसम्म बिक्री खुला रहनेछ । उक्त मितिमा पनि बिक्री नभएमा १६ कात्तिकसम्मको अवधि थपिनेछ ।

उक्त कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकिएको छ । र, कम्पनीमार्फत् नै पनि सेयर भर्न सकिनेछ । आस्बा प्रणालीमा आबद्ध बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

चुक्ता पूँजी ६ करोड रुपैयाँ पुर्याउने लक्ष्यका साथ उक्त कम्पनीले सेयर निष्कासन गर्न लागेको हो । हाल उक्त कम्पनीको पूँजी चार करोड २० लाख रुपैयाँ छ ।

आर्थिक वर्ष ०७२र७३ मा सपोर्ट माइक्रोफाइनान्स १९ लाख ९० हजार रुपैयाँ नोक्सानमा थियो । ०७३र७४ मा भने ४८ लाख रुपैयाँ नाफा कमाएको परिष्कृत हुन बाँकी वित्तीय विवरणले देखाउँछ ।

चालु आवको अन्त्यसम्ममा पूँजी १२ करोड पुग्ने उक्त माइक्रोफाइनान्सको भनाइ छ । त्यसो हुन सक्दा लगानीकर्ताले दोब्बर दरमा हकप्रद वा बोनससहितको प्रतिफल पाउन सक्नेछन् ।

असार ०७२ देखि सञ्चालनमा आएको उक्त कम्पनीको कार्यक्षेत्र १० जिल्ला र केन्द्रीय कार्यालय सुनसरीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?