Comments Add Comment

पर्सामा कांग्रेस र संघीय फोरमले उम्मेदवार सिफारिस गरे

२० असोज, वीरगन्ज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि संघीय समाजबादी फोरम नेपाल र नेपाली कांग्रेसले पर्साबाट उम्मेदवार सिफारिस गरेका छन् ।

संघीय फोरम पर्साका उपाध्यक्ष सुन्दर कुर्मीका अनुसार पर्सा जिल्लाको क्षेत्र न १ मा जिल्ला अध्यक्ष प्रदीप यादव को एक मात्र नाम सर्बसम्मतले सिफारिस गरिएको छ भने क्षेत्र न ३ मा एमालेबाट प्रबेश गरेका प्रहृलाद गिरि र कांग्रेसबाट प्रवेश गरेका हरि नारायण रौनियारको सिफारिस भएको छ ।

हरिनारायण रौनियार चर्चित पप्पु कन्ट्रकसनको मालिक हुन् । क्षेत्र न २ र ४ को निर्णय गर्न बाँकी रहेको उपाध्यक्ष कुर्मीले जानकारी दिए ।

यसैगरी प्रदेश सदस्यमा क्षेत्र न १ को १ बाट सांसद एवंम केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दी , २ बाट जन्नत अन्सारी क्षेत्र न २ को १ बाट रामनरेश यादव र २ बाट मुकेश द्धिबेदी क्षेत्र न ३ को १ बाट मन्जुर अन्सारी र २ बाट बिध्यान्चल ठाकुर एब गौरीशंकर साह तथा क्षेत्र न ४ को २ बाट वीरेन्ऽ यादवको नाम सिफारिस भएको जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले जानकारी दिए ।

नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले पनि शुक्रबार नै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको छ ।

पर्सा क्षेत्र न १ बाट सांसद अनिलकुमार रुगटा पूर्व सभासद एब वीरगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा लगायत ७ जनाको नाम सिफारिस गरेको जिल्ला सचिव श्याम पटेलले जानकारी दिए ।

यसैगरी क्षेत्र न २ बाट पूर्व सभासद एव केन्द्रीय सदस्य अजय चौरसीया र सांसद राजेन्द्रबहादुर अमात्यको नाम सिफारिस भएको छ ।

क्षेत्रीय समितिबाट अजय चौरसीयाको नाम मात्र सिफारिस भएको थियोे जिल्ला समितिले राजेन्द्रबहादुरको नाम थपेर २ जनाको सिफारिस गरेपछि दुईमा कस्को हुने हो कौतुहलता बढेको छ ।

क्षेत्र न ३ बाट सांसद सुरेन्द्रप्रसाद चौधरी र शम्भु चौहान एवंम क्षेत्र न ४ बाट केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा अनुशासन समिति अध्यक्ष रमेश रिजालको नाम मात्र क्षेत्रीय समितिले सिफारिस गरे पनि इश्वरीप्रसाद कानुको नाम थपेर दुई जनाको सिफारिस गरेको जिल्ला सचिव श्याम पटेलले बताए ।

पर्सा जिल्लामा साबिकमा ५ संसदीय क्षेत्र भए पनि अहिले ४ संसदीय क्षेत्र रहेको छ ।

पर्साबाट राजपाले शनिबार र एमालेले आइतबार उम्मेदवारको सिफारिस गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment