+
+

साझा उम्मेदवारी दिन राजपा र संघीय फोरम सहमत

कांग्रेसको गठबन्धनमा जानु परे संयुक्त रुपमै जाने

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २० गते १९:०३

दुई प्रमुख मधेसवादी दल संघीय समाजवादी फोरम र राजपा साझा उम्मेदवार बनाएर चुनाव लड्न सहमत भएका छन् ।

प्रदेश २ को स्थानीय चुनावमा संघीय फोरम र राजपा एक अर्काको प्रतिस्पर्धी थिए । तर, वाम र लोकतान्त्रिक गठबन्धनको प्रयास सुरु भएपछि मधेस केन्द्रीत दुई ठूला दलले पनि प्रतिनिधिसभा र प्रदेशसभामा साझा उम्मेदवारी दिने सहमति गरेका हुन् ।

स्थानीय तहको निर्वाचनको परिणामलाई सिट बाँडफाँडको आधार मानेर केही दिनमै निर्वाचन क्षेत्रको टुङगो लगाइने दुबै दलका नेताहरुले बताएका छन् ।

कांग्रेसले आफ्नो नेतृत्वमा बनाउने भनिएको लोकतान्त्रिक गठबन्धनमा राजपासहित संघीय फोरमलाई पनि सहभागी गराउन चोहेको छ । तीन वाम दलको गठबन्धनले पनि संघीय फोरमलाई आफूतिर तान्ने प्रयास गरिरहेको छ ।

तर, राजपा र फोरमले अन्य गठबन्धनमा जानु परेमा पनि सँगै सहभागी हुने निर्णय सार्वजनिक गरेका छन् । मधेसवादी दुई ठूला दलको यो निर्णयसँगै अब उनीहरुले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन पनि संयुक्त दावी पेश गर्नेछन् ।

संघीय फोरम अध्यक्ष उपेन्ऽ यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले शुक्रबार संयुक्त वक्तव्यमार्फत गठबन्धन तथा तालमेल गर्नु परेमा दुवै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी प्रदेशसभा र संसदको निर्वाचनमा आपसी समझदारीका आधारमा दुबै पार्टीले संयुक्त भई साझा उम्मेदवारको रुपमा चुनावमा भाग लिने, उम्मेदवारी दिने र अन्य पार्टीहरुसँग मोर्चा वा गठबन्धन तथा तालमेल गर्नु परेमा दुबै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहाकार्य गर्ने सहमति गरिएको छ ।’

संविधान संशोधनलाई लिएर एकसाथ लामो आन्दोलन गरेका दलहरु स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयले विभाजित भएका थिए । संघीय फोरमले पहिलो चरणदेखि नै स्थानीय चुनावमा भाग लिएको थियो भने तत्कालीन मधेसी मोर्चामा आवद्ध ६ दल मिलेर बनेको राजपाले संविधान संशोधन प्रस्ताव फेल भएपछि प्रदेश २ मा मात्र भाग लियो ।

प्रदेश २ को चुनावमा २६ वटा स्थानीय तहको प्रमुख जितेर संघीय फोरम दोस्रो र २५ स्थानीय तहको प्रमुख जितेर राष्ट्रिय जनता पार्टी तेस्रो बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?