Comments Add Comment

डडेल्धुरामा करेन्ट लागेर बालिकाको मृत्यु

२२ असोज, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम नजिकै करेन्ट लागेर चार वर्षीया बालिकाको शनिबार बेलुका मृत्यु भएको छ ।

अमरगढी नगरपालिका-४ हरडी घर भएका गणेश दमाईंको चार वर्षीया छोरी वर्षा दमाईंको करेन्ट लागी अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

अमरगडी चार त्ल्लो खलंगामा रहेको कैलाश फर्निचरमा खेलिरहेका अवस्थामा बिजुलीको तारलाई छुँदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागी गम्भीर घाइते भएकी वर्षाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब निरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment