Comments Add Comment

रूपन्देहीमा अपहरणको आरोपमा ६ जना पक्राउ

२२ असोज, भैरहवा । रुपन्देही युवतीलाई अपहरण गरेको अभियोगमा प्रहरी ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी ६ जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका १ का २२ वर्षीय प्रकाश भुषाल, २ का २१ वर्षीय राजिव सुनारी मगर, ४ मूर्गियाका २१ वर्षीय अनमोल जंग राणा, १६ का ३९ वर्षीय लालु पुन, सोही स्थानका ३८ वर्षीय डम्बर बहादुर राना र अर्घाखाँचीको भुमिकास्थान गाउँपालिका वडा नं. ९ का २८ वर्षीय दिपक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

गत असोज २ गते रुपन्देहीको सैनामैनाकी २१ वर्षीय रेखा भुषाललाई बुटवल जानको लागि वर्माचोकमा बस कुरिरहेको अवस्थामा ६ जना युवाले जबरजस्ती बा १६ च ६६९७ (नक्कली नम्बर प्लेट) को कारमा हालेर लगेका थिए ।

घटना लग्त्तै प्रहरीले खोजतलास गर्दा अलमलिएका अभियुक्तहरुले युवतीलाई बिच बाटोमा छाडेर आफूहरु फरार भएका थिए ।

घटना पश्चात अभियुक्तहरुले पीडित युवतीका बुवासँग २ करोड फिरौती रकम समेत माग गरेको प्रहरीले दावी गरेको छ ।

घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लन रहेको ६ जनालाई पक्राउ गर्नुका साथै घटनामा प्रयोग भएको लु १ ज ३४३६ नम्बरको कार, खुकुरी, मोबाइल, साइकल, चक्कु लगायत साम्रगी बरामद भएको जिल्ला प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन कुमार भट्टराईले बताए ।

पक्राउ परेका अभियुक्तहरु माथि शरीर बन्धक र संगठित अपराध अन्तर्गत घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment