+
+

कांग्रेस उम्मेदवारले मतपत्र नै खाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २२ गते १९:५४

२२ असोज, धनुषा । भरतपुर महानगरको मतगणनाका क्रममा १४ जेठको मध्यरातमा माओवादी प्रतिनिधिले मतपत्र च्याते । यसले माओवादी केन्द्रलाई बदनाम गरायो भने विवाद अदालतसम्म पुग्यो ।

त्यसपछि भएका स्थानीय चुनावहरुमा मतपत्र जोगाउन गणनाका क्रममा तारवार नै लगाइयो ।

तर, बुधबार धनुषाको नगराइन नगरपालिकाको नगर कार्यपालिका चुनावमा कांग्रेस उम्मेदवारले मतपत्रै खाइदिएका छन् ।

नगराइन राजेश्वर निधि स्कुलमा मतदान भएको थियो । मतगणनाका क्रममा विवाद भएपछि खुला सदस्यका कांग्रेस उम्मेदवार सूर्यनारायण साहले मतपत्र नै खाएका हुन् । मत बराबरी हुने अवस्था आएपछि साहले मत्रपत्र खाएको एमालेका उम्मेदवार अरुणकुमार लालकर्णले बताए ।

उनले अनलाइनखबरसँग भने, हेरौं भनेर मत पत्र लियो र खाइदियो । प्रहरीले समाउँदा पनि मतपत्र निलिछाड्यो ।’

मतपत्र खाएका उनी एक मतान्तरले विजयी घोषित भए । उनले २२ मत पाएका छन् भने कर्णले २१ मत पाए ।

आफूहरुको विरोधका बीच निर्वाचन अधिकृतले साहलाई विजयी घोषणा गरेको एमाले उम्मेदवारको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?