Comments Add Comment

कालिकोटबाट कांग्रेस र एमालेले उमेदवार सिफारिस गरे, तालमेलले अलमलमा माओवादी

२३ असोज,  कालिकोट । आगामी मंसिर १० र २१ का लागि तोकिएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि कालिकोटबाट कांग्रेस र एमालेले उम्मेदवार सिफारिस गरेका छन् ।

कांग्रेसले प्रतिनिधिसभाको एक र प्रदेशसभाका दुई सिटका लागि धेरै नेताहरुको नाम सिफारिस गरेको छ । कांग्रेसले प्रतिनिधिसभाका लागि २०७० को निर्वाचनमा पराजित भएका तरुणदलका महामन्त्री भुपेन्द्रजंग शाही,महाधिबेशन प्रतिनिधि नारायण भट्राई र २०६४ को संबिधानसभा निर्वाचनमा पराजित हिक्मत बिष्टको नाम सिफारिस गरेको छ ।

बिष्ट शेरहादुर देउवा पक्षका हुन् भने नारायण भटराई कृष्ण सिटौला पक्ष नेता हुन् । तरुणदलका महासचिव भुप्न्द्र जंग शाही नेता रामचन्द्र पौड्याल पक्ष हुन् ।

कांग्रेसले प्रतिनिधिसभामा समानुपातिकको लागि पूर्व कालिकोट पार्टी सभापति मुक्ति  न्यौपाने, पूर्व सांसद तिलक न्यौपाने, बिष्णुबहादुर शाही, लक्ष्मी शाही, नेत्रबहादुर शाही र हर्ष शाहीको नाम सिफारिस गरेको छ ।

कांग्रेसले प्रदेससभाका लागि क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ अम्बबहदुर शाही, टेकराज शाही, मनराज शाही र लोगबहादुर शाहीको नाम सिफारिस गरेको छ ।

त्यस्तै समानुपातिकका लागि छायाँ सुनार, यसोदा शाही, तारा शाही र भद्रा शाहीको नाम सिफारिस गरेको कांग्रेसले जनाएको छ ।

त्यस्तै प्रदेससभाको निर्वाचन क्षेत्र नं २ का लागि प्रत्यक्षमा पूर्व पार्टी सभापति कालिबहादुर सहकारी ,शिक्षक मानबहादुर रोकाया, हर्षबहादुर बंमको नाम सिफारिस गरेको छ भने समानुपातिक तर्फ मोतिराज बंम र पार्वती शाहीको नाम सिफारिस गरेको छ ।

एमालेका उम्मेदवारहरु

एमाले कालिकोटको आइतबार बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवारहरु सिफारिस गरेको छ ।

एमाले कालिकोटको बैठकले प्रतिनिधिसभाका लागि सांसद तुलाराज बिष्ट, जिल्ला कमिटी उपाध्यक्ष रमेश शाही, जिल्ला सदस्य लक्ष्मी बमको नाम सिफारिस गरेको छ भने समानुपातिकमा जिल्ला कमिटी सहसचिव वकिल बम, मिनबहादुर शाही र मीना शाहीको नाम सिफारिस गरेको हो ।

एमालले प्रदेशका लागि क्षेत्र नं. १ बाट २०७० को निर्वाचमा झिनो मतले पराजय भएका कुर्मराज शाहीको नाम सिफारिस गरेको छ भने समानुपातिकका लागि तारा शाही, राधिका शाही, र रत्न बिकलाई सिफारिस गरेको हो ।

त्यस्तै प्रदेश नं. २ को लागि पार्टी अध्यक्ष नगेन्द्र शाही, नेश्नल तुलाराज सिंखडा र यसोदा बराललाई सिफारिस गरेको हो । समानुपातिक तर्फ बिश्वराज बम, दुर्गा शाही न्यौपाने र कालो सार्कीको नाम सिफारिस गरेको छ ।

चुनावी तालमेलले माओवालीमा अलमल

माओबादी केन्द्र कालिकोटको उमेदार छनोटको लागि छलफल गर्न बोलाइएको असोज १८ को बैठक स्थगित भएको छ । नेताहरु बैठक स्थगित गरेर राजधानी पुगेका छन् ।

वामपन्थी पार्टीबीचको चुनावी तालमेल र एकता गर्ने बिषयमा छलफल गर्न पार्टी पोलिटब्यूरो सदस्यहरुको बैठक बोलाएपछि नेताहरु काठमाडौं पुगेका हुन् ।

तर, माओबादी भित्र प्रतिनिधिसभाका लागि जिल्ला इन्चार्ज जीवन बुढा, जिल्ला संयोजक दुर्गबहादुर रावत (उज्वल) को नाम सिफारिस हुने चर्चामा छ भने प्रदेशसभाका लागि जनक नाथ योगी (भूमि ) लक्ष्मीप्रसाद चौलागाई -शैलेन्द्र) को नाम चर्चामा छ ।

रत्न कार्कीबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment