Comments Add Comment

आदित्य नारायणले टेलिभिजनबाटै माफी मागे

गायक उदितनारायण झाका छोरा आदित्यनारायण केही दिनअघि एउटा एयरलाइन्स्का स्टाफसँगको झगडालाई लिएर विवादमा परेका थिए । अहिले उनले सो प्रकरणमा सार्वजनिकरुपमै माफी मागेका छन् ।

एयरलाइन स्टाफसँगको झगडा बाहिर आएपछि उदितनारायणले छोरालाई माफी माग्न लगाउने एक अन्तरवार्तामा भनेका थिए । सायद बुवाको सोही अभिव्यक्तिको इज्जत राख्दै आदित्यले राष्ट्रिय टेलिभिजनमै माफी मागेका हुन् । आफूले सञ्चालन गर्ने रियालिटी शो सा रे गा मा पा को मञ्चमा उनले माफी मागेको भारतीय मिडियाले जनाएका छन् ।

आदित्इले टेलिभिजनमा भने, ‘म माफी माग्न चाहन्छु । म लज्जित छु । तपाईंहरुलाई सायद थाहा छ कि म यस्तै नै छु । म भारतका जनतालाई धन्यवाद दिन चाहन्छु कि उहाँहरुले मलाई यति धेरै माया र सपोर्ट दिनुभयो ।’

आदित्यको सार्वजनिक भएको भिडियोमा उनले एयरलाइनका स्टाफलाई आपत्तिजनक शब्द प्रयोग गर्दै धम्क्याएका थिए । यस विषयमा सामाजिक सञ्जालमा विवाद बढिरहेको देखेर उनका बुवा उदितनारायणले भनेका थिए, ‘आदित्य बच्चैदेखि असल थियो । उसले राम्रो काम गर्दै आएको छ । मलाई थाहा छैन, एयरलाइन्स स्टाफसँग उसको के कुरामा झगडा पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment