Comments Add Comment

राजविराजमा लुटियो साढे ९ लाख

फाइल तस्वीर

२४ असोज, राजविराज । सप्तरीको राजविराजमा एक व्यक्तिले बैंकबाट निकालेको नौ लाख ५० हजार रुपैयाँ लुटिएको छ । राजविराज नगरपालिका-९ मलेठ नहरचोक निवासी मोहमद इजलास मियाँको साथबाट रकम लुटिएको हो ।

हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट रकम निकालेको र अपरिचित व्यक्तिले सप्तकोशी माइक्रोबस स्टेशन नजिकबाट लुटेको मियाँले बताएका छन् । अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर पैसा लुटेर भागेको मियाको भनाइ छ ।

यसैबीच रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment