Comments Add Comment

बाढी पीडितका लागि फ्रान्सको थप १  करोड २२ लाख सहयोग

२४ असोज, काठमाडौं । फ्रान्स सरकारले नेपालको तराइमा हालै आएको बाढीका पीडितका लागि थप एक लाख युरो (१ करोड २२ लाख रूपैयाँ) सहयोग प्रदान गरेको छ ।

फ्रान्सेली दूतावासका अनुसार यो रकम फरक क्षमता भएका व्यक्तिहरूको हितकालागि काम गर्दै आएको ह्याण्डीक्याप इन्टरनेशनललाई दिइएको छ । ह्याण्डीक्यापले प्राप्त सहयोग बाँके र दाङका अति जोखिममा रहेका परिवारहरूको तत्कालीन आवश्यकता  पूरा गर्न प्रयोग गर्नेछ ।

रकमको अधिकांश हिस्सा करिब ३,५०० मानिसका लागि बाढी पीडितका लागि झुल, तन्ना, बिछ्यौना आदि सामग्री किन्न प्रयोग गरिने दूतावासले जनाएको छ । साथे केही हिस्सा ‘कामका लागि पैसा’ योजना र बाढीका कारण भौतिक क्षति बेहोरेकाहरूलाई पुन:स्थापना गर्न खर्च गरिने छ ।

नेपालको सच्चा मित्र फ्रान्स नेपाललाई सहयोग गर्न तयार छ, फ्रान्सेली राजदूत इभ कारमोनाले भने । फरक क्षमता भएका मानिसहरू प्रकोपका बेला सबैभन्दा जोखिममा हुने गर्छन् र यो सहयोग उनीहरूप्रति लक्षित छ, कारमोनाले भने ।

यस अघि फ्रान्सले नेपालमा बाढी पीडितलाई राहत वितरणका लागि संयुक्त राष्ट्रसंघको बाल कोष मार्फत् २ लाख युरो सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment