Comments Add Comment

आमिरले बाथरुममा बसेर सुनेका थिए थ्री इडियट्सको कथा

बलिउडमा अहिलेका सर्बाधिक सफल अभिनेता मानिन्छन् आमिर खान । उनको नामैले फिल्म सुपरहिट हुन्छ भन्ने विश्वास गरिन्छ ।

तर, आमिर आफैंले यसलाई खण्डन गरेका छन् । एक अन्तरवार्तामा उनले भनेका छन् कि कुनै पनि फिल्म स्टारका कारण होइन, लेखक र निर्देशकका कारण हिट हुन्छ ।

आमिर भन्छन्, ‘मजस्तो कुनै पनि स्टारले रिलिजको ३ दिन दर्शकलाई हलमा तान्न सक्छौं । त्यसपछि सबै लेखक र निर्देशकको काममा निर्भर गर्छ ।’

उनले अगाडि भने, ‘राम्रो कामले नै कसैलाई स्टार बनाउँछ । जब कुनै फिल्म राम्रो बन्छ, तब स्टारको जन्म हुन्छ । स्टार हुँदैमा कुनै पनि फिल्म चल्ने होइन । म कहिले पनि भन्न सक्दिन कि मेरो कारणले कुनै फिल्म हिट भयो । पीके, दंगल वा थ्री इडियट्स जस्ता फिल्महरुमा मेरो कारण एक हप्ता दर्शक तानिए होलान्, तर त्यसपछि पनि दर्शकहरु आइरहे किनकि ती फिल्म राम्रा थिए ।’

आमिरले आफूलाई सुपरस्टारका रुपमा सोच्ने नगरेको र स्टारडमलाई ठूलो रुपमा नलिएको पनि बताए ।

उनले धोविगाट फिल्मको प्रसंग निकाल्दै भने, ‘यो फिल्ममा निर्देशकले मलाई लिन चाहेका थिएनन्, किनकी उनलाई लाग्थ्यो कि म सुपरस्टार हुँ । उनलाई चिन्ता थियो कि आमिरका साथ आम लोकेसनमा सुटिङ गर्न कठिन हुनेछ । मैले निकै मुस्किलले उनलाई मनाएको थिएँ । यस फिल्मका लागि मैले आफ्नो स्टारवाला लाइफ छोडेको थिएँ ।’

फिल्ममा उनी जुन घरमा देखिन्छन्, सुटिङ सुरु हुनुभन्दा अगाडि नै उनी त्यहाँ बस्न थालेका थिए । सो घर मुम्बईको भिडभाडयुक्त एरियामा थियो । आमिरले तीन हप्ता यसै घरमा बिताएका थिए । यहीँ उनको भेट थ्री इडियट्सका निर्देशक राजकुमार हिरानीसँग भएको थियो । ३ इडियट्सको कथा पनि उनले यहीँ सुनेका थिए ।

‘स्त्रिmप्ट सुनाउँदा हिरानी बाथटबमा बसेका थिए र म बाथरुममा थिएँ,’ आमिरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment