Comments Add Comment

शरद भेषावकर अस्वस्थ, अभ्यास सत्र गुमाए

२६ असोज, काठमाडौं । मध्यक्रमका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले अभ्यास सत्र गुमाएका छन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले भोलि हङकङविरुद्ध उसकै घरेलु मैदानमा खेल्दैछ ।

नेपाली टोलीले क्वोङ रोड रिक्रिएसन मैदानमा अभ्यास गरेको छ । तर, शरद अनुपस्थित रहे । अस्वस्थ भएका कारण उनले अध्यास सत्र गुमाएका हुन् ।

उनले भोलि खेल्न सक्ने नसक्ने टुंगो लागेको छैन । यसबारे नेपाली टोलीले निर्णय गर्न बाँकी छ । यद्धपि उनको स्थान नरेश बुढायरले लिने सम्भावना छ । त्यसका लागि अाजै उनी हङकङ जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment