Comments Add Comment

पिंजडा ब्याक एगेन’मा निखिलले सारासँग यसरी हल्लाए कम्मर

बिहिबार आयोजना भएको चलचित्र ‘पिजडा ब्याक एगेन’को पत्रकार सम्मेलनमा करिब एक घन्टा ढिलो पुगेका नायक निखिल उप्रेतीले निकै रमाइलो कुरा गरे । नेपाली चलचित्रमा लामो समयदेखि सक्रिय रहँदा पनि निखिलले नृत्यमा कहिल्यै सुधार ल्याएनन् । झन्, यसपटक त उनलाई कोरियोग्राफर रामजी लामिछानेले एक लोक लयको गीतमा कम्मर हल्लाउन लगाएका छन् ।

पत्रकार सम्मेलनमा निखिलले भने–‘मैले बल्ल बल्ल कम्मर हल्लाएको छु । तपाइहरुले कम्मर हल्लाएको ठाउँमा ताली बजाइदिनु होला ।’ साच्चै, गीतको भिडियोमा निखिलको नृत्य निकै नै कमजोर छ ।

हिमाल केसीको निर्देशनमा तयार भएको यो चलचित्रको ‘यता पनि छैन उता पनि छैन’ बोलको गीतमा निखिलको कमजोर नृत्यको अगाडि नायिका साराको नृत्य बेजोड छ । साराको अगाडि निखिल निकै कमजोर देखिएका छन् भने रामजी लामिछानेको कोरियोग्राफी पनि कमजोर छ ।

यसपटक पनि संगीतकार राजनराज सिवाकोटीले नेपाली परिवेशलाई समातेर गीत तयार पारेका छन् । यो गीतमा उनकै शब्द छ । अन्जु पन्त र राजनराज सिवाकोटीको यो गीतमा आवाज छ ।  माघ ५ गतेबाट रिलिज हुने चलचित्रको एक्सनमा पनि विशेष ध्यान दिइएको निर्देशक केसीले जानकारी दिए । केसीले पारिवारिक कथावस्तुमा चलचित्र बनाएको बताए ।

नायिका साराले कार्यक्रममा बोल्दै चलचित्रमा काम गर्न आफूलाई निखिल उप्रेतीदेखि निर्देशक हिमाल केसीले साथ दिएको बताइन् । रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्रीले चलचित्रमा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment