+
+
Shares

काठमाडौं निजगढ द्रुतमार्गको डीपीआर भारतीय कम्पनीसँग किन्ने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २७ गते १७:५५

२७ असोज, काठमाडौं । सरकारले काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने भएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डीपीआर अध्ययन गरी मूल्य सिफारिस गर्ने जिम्मा निर्देशक समितिलाई भनेको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस (आईएल एण्ड एफएस)ले डीपीआर बनाएको छ ।

सुरुमा द्रुतमार्गलाई बुट प्रणालीमा निर्माण गर्ने गरी यो कम्पनीलाई डीपीआर तयार गर्न दिएको थियो ।

तर, प्रचण्ड सरकारले द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गर्‍यो । भारतीय कम्पनीले भने आफूले बनाएको डीपीआर किन्नु पर्ने शर्त राख्यो ।

सेनाले प्रारम्भीक अध्ययन गरेपछि अब डीपीआर अध्ययनका लागि प्रक्रिया सुरु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?