Comments Add Comment

निर्माण व्यवसायी शरद गौचन शहीद घोषित

२७ असोज, काठमाडौं । सरकारले नेपाल निर्माण व्यवसायी महासंघका दिवंगत अध्यक्ष शरद गौचनलाई शहिद घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो ।

अज्ञात समूहले २३ असोजमा गोली हानेर गौचनको हत्या गरेको थियो । तर हालसम्म पनि गौचनको हत्यामा संलग्नलाई पहिचान गर्न र पक्रन सकेको छैन ।

सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यहरुले शव बुझेका थिए । गौचनको बिहीबार अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment