Comments Add Comment

सांसदका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने

२७ असोज, काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चुनावमा २५ लाख खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरेको हो । जसनुसार प्रतिनिधिसभा सदस्यले २५ लाख खर्च गर्न पाउने छन् भने प्रदेशसभाका उम्मेदवारले १५ लाख खर्च गर्न सक्नेछन् ।

आयोगका अनुसार प्रतिनिधिसभा सदस्यले सवारी साधन र कार्यालय सञ्चालनमा ५/५ लाख खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनको सीमा २ लाख छ ।

यस्तै इन्धन, प्रचार सामाग्री, छापा तथा विद्युतीय प्रचारमा १-१ लाख खर्च गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment