Comments Add Comment

उपत्यकाबाहिर पनि अनलाइनबाटै विद्युत् महसुल भुक्तानी

भरतपुर र पोखरामा सुरु


२८ असोज,चितवन । नेपाल विद्युत प्राधिकरणले उपत्यकाबाहिर पनि विजुलीको महसुल भुक्तानी अनलाइन प्रणालीबाट गर्न थालेको छ । चितवनको भरतपुर र कास्कीको पोखरा वितरण केन्द्रबाट यसको थालनी भएको छ ।

महशुल बुझाउन जाँदा घण्टौं लामो लाइनमा बस्नुपर्ने झन्झटबाट ग्राहकहरुले मुक्ति पाउने छन् ।

केन्ऽले नयाँ प्रविधिमा आधारित विद्युत् महसुल भुक्तानी प्रणाली अपनाएर ग्राहकलाई सुविधा दिएको दावी गरेको छ ।

कार्यालयका प्रमुख रामदुलार यादवले पत्रकार सम्मेलन गरी विभिन्न आठ अनलाइन भुक्तानी कम्पनी मार्फत महसुल बुझाउन सकिने जानकारी दिए । जसमा पेप्वाइन्ट प्रालि, ई-सेवा, पेप्वाइन्ट प्रालि, सीएफएस रेमिट जस्ता कम्पनीहरु छन् ।

त्यस्तै हिमालयन बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, यती डेभलपमेन्ट बैंक, जस्ता बैंकहरु र सीटी एक्सप्रेस सेवामार्फत बिजुलीको महसुुल भुक्तान गर्न सकिने उनले बताए ।

यसरी महसुल भुक्तानी गर्दा ग्राहकहरुले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । ‘महसुल बुझाउँदा बिलमा उल्लेख भएको बाहेक पनि अतिरिक्त सेवा शुल्क तिर्नुपर्ने पो हो कि भन्ने ग्राहकको मनमा होला । तर, त्यस्तो केही पर्दैन’ कार्यालयका प्रमुख यादवले भने ।

ग्राहकले अनलाइनमार्फत भुक्तानी सेवा सुरू गर्नुअघि ग्राहक नम्बर, ग्राहक कोड र विद्युत् उपभोग गर्ने शाखाको नाम जानकारीमा हुनुपर्छ । यसरी भुक्तानी गर्दा एक लाख रूपैयाँसम्मको महसुल मात्रै भुक्तानी गर्न मिल्ने उनले जानकारी दिए ।

भुक्तानी गरेपछि त्यसको प्रमाणहरु इलेक्ट्रोनिक भर्सनमा मात्रै नभएर पि्रन्टमा पनि आउँछ । त्यसैले तिरेको प्रमाण पनि प्राप्त हुन्छ । ‘तिरेको पैसा गोलमाल हुने पो हो कि भन्ने त्रास पनि ग्राहकले नराखे हुन्छ,’ कार्यालय प्रमुख यादवले भने ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा ७४ हजार ग्राहकहरु रहेका छन् । भरतपुर महानगरसहित माडी नगरपालिकाका ग्राहकहरु यो वितरण केन्द्रअन्तर्गत पर्दछन् । मिटिर रिडिङ भएपछि दोस्रो दिन विवरणहरु अपलोड हुनेछ । महसुल भुक्तान भएको पनि दोस्रो दिन मात्रै रकम घट्ने छ ।

विवरण अपलोड गर्न केही समय लाग्ने भएका कारणले मात्रै यसो हुने यादवले बताए । ई-सेवाका प्रतिनिधि कमल सापकोटाले मोबाइल फोन वा कम्प्युटरमा ई-सेवाको एप्लिकेशन डाउनलोड गरेर घर बसेरै महसुल बुझाउन सकिने बताए ।

‘तर यसको लागि केही जानकारी राख्नुपर्छ,’ सापकोटाले भने । ई-सेवाका चितवनमा मात्रै १५ भन्दा धेरै प्वाइन्टहरु छन् ।

प्राधिकरणले सुरु गरेको अनलाइन विद्युत् महसुल भुक्तानी सेवा देशका अन्य प्रमुख स्थानमा पनि विस्तार गर्ने तयारी गरिरहेको छ ।

परीक्षणका रूपमा काठमाडौं उपत्यकाबाट सुरु गरिएको यो सेवाले उपभोक्तालाई सजिलो भएपछि उपत्यकासहित पोखरा र चितवनमा विस्तार गरिएको छ ।

अब पश्चिम नेपालका बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, महेन्ऽनगर, दाङ लगायतका क्षेत्रमा यो सेवा विस्तार गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment