Comments Add Comment

चर्चिलले फ्याँकेको चुरोटको ठुटो १२ लाखमा बिक्यो

सामान्य मानिसले चुरोट पिउँदा बाँकी रहेको चुरोटको ठूटो फ्याँक्यो भने त्यसको मूल्य कति होला ? त्यस्तो चुरोटको ठुटोको कुनै मुल्य पर्नु त परै जाओस् जथाभावी चुरोटका ठूटा फाल्दा कतिपय देशमा त कारवाही समेत हुन्छ ।

सामान्य मान्छेले चुरोटका ठूटा फ्याक्दा कारवाही भोग्नुपर्ने यो दुनियामा ठुलाबडाले फ्याँकेका चुरोटका ठूटा चाहीँ लाखौँ रुपैयाँमा बिक्दा रहेछन् ।

बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले फ्याँकेको चुरोटको ठुटो हालै १२ लाख रुपैयाँभन्दा धेरै मूल्यमा बिकेको छ ।

अमेरिकाको बोस्टनमा रहेको आरआर लिलाम घरमा उक्त चुरोटको ठुटो १२ हजार अमेरिकी डलरमा लिलाम भएको हो ।

यो चुरोटको ठूटो सन् १९४७ को मे ११ तारेखका दिन चर्चिलले प|mान्सको पेरिसस्थित ले बुर्गेट विमानस्थलमा फ्याँकेका थिए । चर्चिलले चार इन्च लामो ला कोरोना ब्राण्डको सिगार सल्काए, केही बेर ताने । उनीसँग कुरा गर्ने मानिसहरुको भिड बढेपछि उनले उक्त सिगारलाई एस्ट्रे ठोसिदिए ।

आधाजति सल्किएको उक्त क्युबाली ब्राण्डको चुरोटको ठूटोलाई चर्चिलको जहाज उडाउने कोपाइलट विलियम एलान टर्नरले टिपे र आफुसँगै जतन गरेर राखे । सिगारमा ला कोरोना ब्राण्डको ट्यागसँगै चर्चिलको नाम समेत उल्लेख छ ।

अन्ततः बुधबार राति फ्लोरिडाका एक संग्रहकर्ता धनाढ्यले उक्त चुरोटको ठुटो १२ हजार डलरमा खरीद गरे । चर्चिलले तानेको चुरोटको ठुटो किन्ने मानिसको नाम चाहीँ ख’लाइएको छैन । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment