Comments Add Comment

८८ केजी सुन बरामद प्रकरणः प्रहरीका हवल्दार नै गाडी चालक

३१ असोज, काठमाडौं । दुई महिनाअघि काठमाडौंमा बरामद भएको ८८ केजी सुन प्रहरीकै सहयोगमा भित्रिएको खुलेको छ । पक्राउ परेका व्यक्तिहरुले  सुन बोकेको गाडी प्रहरीले नै चलाएर रसुवागढी नाकाबाट नेपाल भित्र्याएको वयान दिएका छन् ।

प्रहरीले सोमबार ८८ केजी सुन तस्करीमा सेटिङ मिलाउने जिम्मा लिएका रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ । उनले रसुवामा प्रहरीसँग सेटिङ मिलाएर सुन भित्र्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।

नेपाल–चीन केरुङ व्यापार संघका अध्यक्ष रहेका तामाङ आसन्न निर्वाचनमा कांग्रेसबाट समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा सिफारिस भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment