+
+
Shares

रुपन्देहीमा बस र ट्रक ठोक्किँदा १२ घाइते, १ को अवस्था गम्भीर

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ असोज ३१ गते १०:१९

३१ असोज, रुपन्देही । जिल्लाको सैनामैना नगरपालिका सालझण्डीमा दुई सवारी आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । चितवनबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना६ख२४६७ नम्बरको रात्रिबस र युपी ७२के९६८६ नम्बरको भारतीय ट्रक आपसमा ठोक्किँदा १ जना गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम लोक राजमार्गअन्तर्गत सालझण्डीमा बस र ट्रक आपसमा ठोक्किएको जानकारी इलाका प्रहरी कार्यालय सालझण्डीले दिएको छ ।

दुर्घटनामा चितवन स्थायी ठेगाना भएका बसचालक शिव कँडेल गम्भीर घाइते छन् । अन्य घाइते यात्रुको अवस्था भने सामान्य रहेको बताइएको छ ।

घाइतेहरुको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुई सवारी आपसमा ठोक्किँदा बस र ट्रक दुवैको अगाडको भाग कुच्चिएको छ । प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले भारतीय ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?