Comments Add Comment

राति १० बजेपछि देउसीभैलो खेले कार्वाही

३१ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेपछि देउसीभैलो नखेल्न आग्रह गरेको छ ।

देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै घरभेटीको सहमति लिएर मात्रै राति १० बजेसम्म खेल्न प्रशासनले आग्रह गरेको हो ।

प्रशासन कार्यालयले मंगलबार विज्ञप्ति निकाली सूचनाको अटेर गर्नेहरुलाई कार्वाही गरिने जनाएको छ ।

यस्तै तिहार मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोग नगर्न समेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment