१ कात्तिक, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा लिभरपुल र म्यान्चेस्टर सिटीले जित हासिल गर्दा साविक विजेता रियल मडि्रडले टोटनहृयामसँग घरेलु मैदानमा बराबरी खेलेको छ ।
समुह इ मा रहेको लिभरपुलले भने स्लोभेनियन क्लब मरिबोरलाई ७-० ले हरायो । लिभपुलको जीतमा रोबर्टो फिरमिनो र मोहम्मद सलाहले दुइ दुइ गोल गरे । फिलिप कुटिन्हो, एलेक्स अक्लेड चेम्बरलेन र ट्रेन्ट अलेकजेन्डर आरनोल्डको नाममा एक एक गोल रह्यो ।
युरोपियन प्रतियोगितामा कुनैपनि इङलिस कलबले अवे खेलमा हात पारेको यो अहिले सम्मकै फराकिलो जीत हो । स्पार्ताक मस्कोले सेभियालाइ पाँच एक गोलले हरायो ।
समुह एफको म्यानचेस्टर सिटीले नापोली माथि दुई एकको जीत हात पार्यो । सिटीका लागि रहिम स्र्टलिङ र गाबि्रएल जेससले गोल गरेका थिए । नापोलीका आमाडुले सान्त्वना गोल फर्काए ।
यता रयल मडि्रडलाई सान्टियागो बर्नाबाउमा बराबरीमा रोक्ने क्रममा टोटेनहमका गोलकिपर ह्युगो लोरिसले उत्कृष्ट प्रदर्शन गरे । उनले खेल अवधिभर रियालका सात वटा शसक्त प्रहारको बचाउ गरेका थिए ।
जसमा केरिम बेन्जिमा र क्रिस्टियानो रोनाल्डाको प्रहार पनि सामेल थियो । खेलको २८ औं मिनेटमा टोटेनहमले आत्मघाती गोल मार्फत अग्रता लिएको थियो । रियालका राफेल भरानेलेले वल क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गरेका थिए । टोटेनहमले रियाल विरुद्ध पहिलो पटक गोल गरेको हो । तर उसको अग्रता लामो समय भने टिकेन् । ४३ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत बराबरी गोल फर्काए ।
सर्स औरेले टोनी क्रुजलाइ डि बक्स एरियामा फाउल गरेपछि रियालले पेनाल्टिको मौका पाएको थियो ।
दोस्रो हाफमा दुवै टोलीका बाट गोलको प्रयास भएपनि सफल हुन सकेनन् । टोटेनहमका हे्यारी केनले पनि पाएका अवसरको सदुपयोग गर्न सकेनन् । यो संगै समुह एचमा इङलिस क्लब टोटेनहम गोल अन्तगरका आधारमा तीन खेल बाट सात अंक जोड्दै तालिकाको शीर्ष र रियाल दोस्रो स्थानमा छ ।
यसै समुहको जर्मन क्लब बोरुसिया डर्टमन्टले भने साइप्रसको आपोइल निकोसियासाग एक एक गोलको बराबरी खेल्यो । यो सँगै डर्टमण्डको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।
प्रतिक्रिया 4