Comments Add Comment

‘हामी त्यसै आएनौं, गोपाल सरले खटाए’

एमाले र माओवादीको लगनगाँठो बरी लै....

१ कात्तिक, काठमाडौं । विगतका वर्षहरुमा जस्तो हास्य कलाकारहरुको संगठन सिस्नोपानी नेपालले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बुधबार व्यंग्यात्मक देउसी कार्यक्रम आयोजना गरेको छ ।
देशको समसामयिक परिस्थितिलाई सजीवरुपमा प्रस्तुत गरिएको कार्यक्रममा देशका प्रतिष्ठित हास्य कलाकारहरुको सहभागितामा छ । कार्यक्रममा आफैंमाथिको व्यंग्य सुन्नका लागि राजनीतिक दलका केही नेताहरु पनि सहभागी बनेका छन् ।यस वर्षको देउसीमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, मधेसकेन्द्रित दलका नेताहरु कलाकारको प्रहारमा परेका छन् । त्यसैगरी आयल निगमका गोपाल खड्कादेखि मेडिकल माफिया र अख्तियारका प्रमुखसम्मलाई व्यंग्य गरिएको छ ।

विगतका वर्षहरुमा जस्तै आयोजना गरिएको यसवर्षको व्यंग्यात्मक देउसीलाई सिस्नुपानी नेपालले ‘भ्रष्टाचारविरुद्ध सिस्नुपानी देउसी’ को संज्ञा दिएको छ ।

बुधबार साँझ खचाखच दर्शकमाझ प्रस्तुत गरिएको सिस्नोपानी देउसी कार्यक्रममा भट्याइएका शब्द यस्ता छन्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment