Comments Add Comment

अनुदानको चामल बिक्री गर्दै खाद्य संस्थान


२ कात्तिक, काठमाडौं । सरकारले कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा निःशुल्क दिने भनेको २० किलो चामलमा नेपाल खाद्य संस्थानका कर्मचारीले रकम असुल्ने गरेका छन् ।

२०७३ भदौ २३ गते तत्कालीन प्रधानमन्त्री प्रचण्डले संसदमा कर्णालीवासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदान दिने घोषणा गरेका थिए । त्यसअनुरुप हुम्लासहित कर्णालीको मुगु, जुम्ला, कालिकोट र डोल्पामा खाद्य संस्थानका जिल्ला शाखाले गाउँ, नगरपालिकाको सिफारिसमा उपलब्ध गराउँदै आएको चामलमा संस्थानको सिमकोट डिपोले रकम अुसल्दै आएको खुलेको हो ।

संस्थानले सोना मसिनो भन्दै २० किलो चामलबापत दुई सय ४० रुपैयाँ लिने गरेको सिमकोट २, ठेहेका हीरालाल परियारले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment