२ कात्तिक, काठमाडौं । लिओनल मेस्सीको १०० औं युरोपियन गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा ओलम्पिकासमाथि सहज जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा १० खेलाडीमाा सिमित बार्सिलोनाले ओलम्पिकासमाथि ३–१ को जित निकालेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले १८ औं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । ओलम्पिकासका निकोलाउले आत्मघाती गोल गरे ।
४२ औं मिनेटमा जेरार्ड पीकेले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भयो ।
तर, ६१ औं मिनेटमा मेस्सीले १०० औं युरोपियन गोल गरे । उनले फ्रिकिकमा गोल गरेका हुन् ।
युरोपियन प्रतियोगितामा १०० गोलको आंकडा छुने उनी दोस्रो फुटबलर हुन् । रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले १५१ खेलमा ११२ गोल गरेका छन् ।
मेस्सीकै पासमा तीन मिनेटपछि जेरार्ड डेउलोफूले गोल गर्दै घरेलु टोलीलाई ३–० को अग्रता दिलाए ।
खेलको ८४ औं मिनेटमा ओलम्पिकासका निकोलाउले गोल गरेपनि सान्त्वना मात्र हुन पुग्यो ।
प्रतिक्रिया 4