
निर्देशक दयाराम दाहालले आफूलाई परिवर्तन गरेर, आधुनिक दर्शकको चाहनामा चलचित्र ‘रानी’ निर्देशन गरेका छन् । उनले चलचित्रमा पनि नयाँ र पुराना कलाकारलाई लिएका छन् ।
भानु महर्जनको निर्माणमा तयार भएको यो चलचित्र तिहारको लक्ष्मीपूजाको अवसर पारेर आजबाट रिलिज भएको छ । अनुप विक्रम शाही र मलिना जोशीको जोडी पर्दामा देखिएको छ । रियल लाइफको प्रेमबाट अलग भएपनि यो जोडी पर्दामा भने एकसाथ देखिएको छ । यस्तै, यहि चलचित्रबाट दुई नव-कलाकार सारुक ताम्राकार र मनिष श्रेष्ठ चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् ।
यो चलचित्र मुख्य कलाकारदेखि निर्देशन दयाराम दाहालसम्मका लागि विशेष छ । नायिका, मलिना जोशीका कुनै पनि चलचित्र हिट नभैरहेको समयमा ‘रानी’ चल्न उनको अनुहार पनि विक्नुपर्नेछ । यसैविच, चलचित्र रिलिज भएकै दिन आज यसको प्रेस शो आयोजना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4