Comments Add Comment

नवाज शरीफविरुद्ध भ्रष्टाचारको आरोप तय

२ कात्तिक, काठमाडौं । पाकिस्तानको विशेष अदालतले पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि भ्रष्टाचार आरोप तय गरेको छ । नवाज शरीफकी छोरी मरियम र ज्वाइँ मोहम्मद सफरमाथि पनि अदालतले भ्रष्टाचार आरोप तय गरेको छ ।

यी तीनै जनामाथि लण्डनमा फ्ल्याट किनेको विषयमा आरोप तय गरेको हो । यो आरोप आइतबार भएको सुनुवाईपछि तय गरिएको बीबीसीले लेखेको छ ।

अदालतको यस फैसलापछि शरीफकी छोरी मरियम नवाजले भनेकी छन्- हामी भगुवा होइनौं । हामी बाहिरबाट देशमा आएका व्यक्तिहरु हौं । हामी न्यायको प्रक्रियामा शामेल हुन आएका हौं । हामी अदालत र कानुनको सम्मान गर्दछौं । हाम्रालागि अदालत कुनै नयाँ कुरा होइन ।’

गत जुलाई महिनामा सर्वोच्च अदालतले ६७ वर्षीय नवाज शरीफसँग स्रोत नखुलेको सम्पत्ती भएको निष्कर्ष निकाल्दै पदमा रहिरन अयोग्य ठहर गरेको थियो । त्यसपछि शरीफ पदबाट राजीनामा दिन बाध्य भएका थिए । शरीफ हाल लण्डनमा छन् भने उनकी छोरी पाकिस्तानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment