Comments Add Comment

मस्ती टकः ‘दीपिकाको यस्तो भाषा, जुन रमेशले मात्र वुझ्छन्'(भिडियो)


नायक रमेश उप्रेती अचेल आफ्ना हरेक कुरामा कात्तिक ९ मात्र जोडिरहन्छन् । रमेशले यसरी कात्तिक ९ को रटान लगाउनुको पछाडि, उनको चलचित्र ‘ऐश्वर्य’ जोडिएको छ ।

कात्तिक ९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रका कारण रमेश अहिले निकै व्यस्त छन् । अनलाइनखबरका लागि ‘मस्ती टक’ गर्ने क्रममा पनि रमेश फोनमा नै बढी व्यस्त देखिए ।

रमेश र दीपिकासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


नायिका दीपिका प्रसाइ र नायक रमेश उप्रेतीको जोडीले उच्च मेकिङका साथ चलचित्र निर्माण गरेको बताए । दीपिकाले भनिन्-‘यो चलचित्रले मेरो करिअर कता लैजान्छ, त्यो त म भन्न सक्दिनँ । तर, निकै मिहिनेत गरेर काम गरेकी छु ।’

रमाइलो कुराकानीका क्रममा नायक उप्रेतीले राजेश हमाल, करिश्मा मानन्धर, शिव श्रेष्ठको नक्कल पनि उतारे । रमाइलो कुरा त के छ भने, नायिका दीपिका प्रसाइले बोलेको एउटा भाषा नायक रमेश उप्रेतीले मात्र वुझ्ने रहेछन् । दीपिकाले यो भाषा के हो भन्नका लागि कात्तिक ९ गते हलमा जानुपर्ने बताइन् ।
दिवाकर भट्टराई निर्देशित यो चलचित्रमा केकी अधिकारी र दीपिका प्रसाइले रमेशसँग रोमान्स गरेका छन् । तर, रमेश भन्छन्-‘चलचित्रको पर्दामा मलाई दुबै जना रोमान्टिक लागेपनि पर्दा बाहिर भने मैले दुबैलाई त्यो नजरले हेरिनँ ।’

चलचित्रमा विकिनी लगाउन नायिका दीपिकालाई समस्या भएको थियो । दीपिका भन्छिन्-‘हो, मलाई सुरुवातमा समस्या त भएको थियो । तर, अहिले चलचित्रको ट्रेलरबाट पाएको प्रतिक्रियाले उत्साहित छु ।’

करिश्मा मानन्धर, दीपिका प्रसाई र जल शाह मध्ये तपाई कोसँग डेटिङ, कोसँग बिहे र कोसँग भाइटिका लगाउनुहुन्छ भन्ने प्रश्नमा रमेशले अचम्म पार्ने जवाफ दिएका छन् । यसका लागि तपाइले ‘मस्ती टक’को भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment