+
+
Shares

जाडो मौसममा यसरी राखौं बच्चाको ख्याल

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ५ गते १७:५२


चाडपर्व सकिएको छ । हिँउद महिना सुरु भइसकेको छ । अब मौसमी तापमान क्रमस ओह्रालो लाग्नेछ । जाडो बढ्नेछ ।

जाडोले बृद्धबृद्धा, रोगी र बालबालिकाको दिनचर्या असहज बनाइदिन्छ । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने उनीहरुलाई रुँघा, ज्वरोले सताउने भय रहन्छ । यस क्रममा पनि हेलचेक्रयाई गरियो भने निमोनिया हुनसक्छ । निमोनिया मृत्युको कारण समेत बन्न सक्छ ।

त्यसैले बच्चालाई बाह्य वातावरणसँग एडजस्ट गराउन त्यही किसिमको खानपान, स्यहारसुसार आवश्यक हुन्छ । यतिबेला न्यानो लुगा लगाउने मात्र होइन, पोषिलो र तातो खानेकुरा पनि दिनुपर्छ । खासगरी झोलपदार्थ ख्वाउनुपर्छ ।

नवजात शिशुको लागि

जाडो महिनामा बालबालिकाहरुलाई स्याहार्न एकदमै गाह्रो हून्छ । उनीहरुलाई चिसोबाट जोगाउन नसके तुरुन्तै विरामी हुनसक्छ । त्यसमा पनि नवजात शिशूहरु झनै नाजुक हुन्छन् । उनीहरुको हेरविचारमा अत्यन्तै सावधानी अपनाउनुपर्ने हुन्छ । शिशुलाई हरेक रात तेलले मालिस गर्ने प्रचलन छ ।

यस विषयलाई लिएर प्रश्न उठ्छ, के हरेक मौसममा एकै प्रकारको तेलले शिशुलाई मालिस गर्नु हुन्छ ?

अहँ हुँदैन । तपाईंले आफ्नो शिशुको मालिसका लागि मौसमका आधारमा तेलको छनोट गर्नुपर्छ । यहाँ हामी जाडो मौसममा कुन तेलले मालिस गर्नु ठिक हुन्छ भन्ने जानकारी दिँदैछौं ।

जाडोमा तोरीको तेल

जाडो मौसममा नवजात शिशुलाई मालिश गर्न तोरीको तेल सबैभन्दा उत्कृष्ट हुन्छ । यसले शरीरमा गर्मी प्रदान गर्छ । कतिपय ठाउँहरुमा तोरीको तेललाई लसुन वा मेथीसँग तताएर मालिस गर्ने चलन छ । लसुनमा एन्टीभाइरल तथा जीवाणुरोधि गुण हुनछन् । यसले प्रतिरक्षा प्रणालीलाइ बलियो बनाउने विश्वास गरिन्छ । यसैगरी मेथीले शरीरमा आराम दिन्छ ।

कतै चाहिँ तोरीको तेललाई मसाज गर्नुभन्दा अगाडि जिरा हालेर तताइन्छ । यदि यसको तीखो गन्धका कारणले तपाईं तोरीको तेलको उपयोग गर्न चाहनुहुन्न भने विकल्पमा बदाम वा जैतूनको तेल पनि प्रयोग गर्न सक्नुहुन्छ ।

घिउँ कति पौष्टिक ?

स्थानीय घिउँलाई खानाका लागि सबैभन्दा पौष्टिक मानिन्छ । तर बच्चालाई मालिश गर्ने कुरा गर्दा भने घिउँलाई पूर्णरुपमा नजरअन्दाज गर्दा हुन्छ । घिउँ अत्यधिक लेसाइलो हुन्छ र यसले बच्चाको नाकको पोरा बन्द गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?