६ कात्तिक, काठमाडौं । इन्जुरी टाइममा इडिन्सन काभानीले गरेको गोलको मदतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा मार्सेलिएसँग बराबरी खेलेको छ ।
पीएसजीले मार्सेलिएसँग २–२ को बराबरी खेल्दा उसका स्टार स्ट्राइकर नेयमारले भने रातो कार्ड पाएका थिए ।
घरेलु मैदानमा भएको खेलमा मार्सेलिएले १६ औं मिनेटमा लुइज गास्टाभोको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा नेइमारले बराबरी गोल गरे ।
७८ औं मिनेटमा फेरि घरेलु टोलीले अग्रता लियो । उसका लागि थाउभिनले गोल गरे ।
खेलको ८७ औं मिनेटमा पीएसजीलाई झड्का लाग्यो । स्ट्राइकर नेयमारले रातो कार्ड पाए । दुई मिनेटपछि दुई पहेँलो कार्ड पाएपछि उनले मैदान छाड्नु परेको थियो ।
तर, ९३ औं मिनेटमा काभानीले गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका छन् । बराबरीपछि पनि पीएसजी ४ अंकको अग्रतासहित अंक तालिकाको शीर्ष स्थानमा छ ।
पीएसजीको १० खेलबाट २५ अंक छ भने दोस्रो स्थानमा रहेको मोनाकोको २२ अंक छ ।
प्रतिक्रिया 4