+
+

मिठाइको रहर, कोलेस्टोर बड्ने डर !

डा. प्रकाशराज रेग्मी डा. प्रकाशराज रेग्मी
२०७४ कात्तिक ६ गते १३:१८

तिहार सकियो । हामीकहाँ के चलन छ भने, सेल रोटी लगायत तिहारको मिठाइ राखेर खाने । छिटै नसड्ने, ढुसी नआउने भएकाले मिठाइ बासी हुँदैन भन्ने आम बुझाई छ । त्यसो त तिहार मिठाइकै चाड । मिठाइ देखेपछि हाम्रो जिब्रो रसाइहाल्छ । कतिले यतिबेला मुखलाई नियन्त्रण गर्न सक्दैन ।

हाम्रो यो प्रवृत्तिले भने रोगलाई जन्म दिनसक्छ । अझ बजारबाट खरिद गरिने मिठाइ मिसावटयुक्त हुने भएकाले शरीरका लागि त्यसैपनि घातक छ ।

मिठाइमा अधिक तेलको प्रयोग गरिएको हुन्छ । यो चिनीजन्य परिकार हो । मिठाइलाई आकर्षक देखाउन कृतिम रंग पनि प्रयोग गरिन्छ । यी सबै कुरा स्वास्थ्यका लागि भने एकदमै प्रतिकुल हुन्छ । अर्थात हाम्रो शरीरले न चिल्लो रुचाउँछ, न चिनी, न कृतिम रंग ।

यस किसिमको खानेकुराले सामान्य मान्छेलाई समेत रोगी बनाउँछ । त्यसमाथि हृदय रोगी, मधुमेहले ग्रस्त व्यक्तिहरुको लागि त थप हानिकारक हुन्छ । तेल, घिउ, चिनीको प्रयोगबाट तयार गरिने मिठाइले उच्च रक्तचाप, मधुमेह, कोलेस्टोर बढाउने भय रहन्छ । यसले मुटु रोग निम्त्याउने संभावना रहन्छ ।

१. तेलको वैज्ञानिक नाम ट्राइग्लिसेराईड हो । ट्राईग्लिसेराइड भनेको तीन अणु फ्याटी एसिड र एक अणु ग्लिसेरोल भएको रसायनिक बस्तु हो ।

२. तेलमा तीन प्रकारका फ्याटी एसिड पाइन्छ । स्यायूरेटेड, मोनोअजस्याचुरेटेड र पोलि अनस्याचुरेटेड ।

३. स्याचुरेटेड फ्याटी एसिडले मुटुलाई हानी गर्दछ भने अनस्याचूरेटेडले केही मात्रामा फाइदा पनि गर्दछ ।

४. तेलमा प्रशस्त मात्रमा टाईग्लिसेराइड हुन्छ जसले हृदयघातक कोलेस्टेरोलको उत्पादन बढाउने र मुटुमा नकारात्मक असर पार्ने गर्दछ ।

५. चिल्लो पदार्थलाई धेरै पल्ट तताउँदा त्यसमा ट्रान्स फ्याट उत्पन्न हुन्छ । अघिकांश मिठाईका परिकारहरु डिप फ्राई गरेर तयार पारिने हुदाँ त्यसमा उत्पन्न हुने ट्रान्स फ्याटका कारण यस्ता मिठाई स्वास्थ्यका लागि धेरै नै हानीकारक मानिन्छ । यसवाट मुटुरोग, क्यान्सर आदी उत्पन्न हुन सक्छन् ।

(वरिष्ठ मुटु रोग विशेषज्ञ रेग्मीसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?