+
+

काठमाडौंबाट चारजना हतियारसहित पक्राउ

खुनडाँका मुद्दामा फरार अभियुक्त १० वर्षपछि समातिए

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ६ गते २०:१९

६ कात्तिक, काठमाडौं । काठमाडौंको गोंगबुस्थित शिवमन्दिर शान्ति चोकबाट चार जना व्यक्तिहरु हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बाका १९ वर्षिय भिम भन्ने जीबन श्रेष्ठ, सोही ठाउँका सुबास लामा योन्जन, मकवानपुर भिमफेदीका कुमार अधिकारी र काभे्रको छेडा घर भएका राज भन्ने टिका श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारेर शरिर खानतलासी गर्दा जीबन श्रेष्ठले बोकेको झोलाबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग भएको गोली एक थान बरामद भएको थियो । सो समूहले प्रयोग गर्दै आएको ना.३७ प ९३८० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउमा परेका ब्यक्तिहरुलाई हतियार तथा खरखजाना सहित आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

यसैबीच खुनडाँका मुद्दामा फरार रहेका एक व्यक्तिलाई प्रहरीले १० वर्ष पछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिकाका ८ तिलाचौर घर भएका ३६ वर्षीय प्रकाश ठगुन्ना छन् ।

पृथ्वी मल्ल भनेर चिनिने उनलाई नेपाल प्रहरीको अपराध महाशाखाबाट खटिएको प्रहरी निरीक्षक रोशन खड्का समेतको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिकाबाटै पक्रेको हो ।

ठगुन्नाको संलग्नता साँढे भन्ने कैलाश बहादुर सिंहको समूहसँग रहेको बुझिन आएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेको अपराध महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?