Comments Add Comment

यस्तो छ ‘मिस इण्डिया’सँग नवाजुद्दिन सिद्धिकीको प्रेम र शारीरिक सम्बन्धको किस्सा


‘ग्याङ्ग अफ वासेपुर, किक, बजरंगी भाइजान’ लगायतका फिल्ममा काम गरेका नवाजुद्दिन सिद्दिकीको बायोग्राफी ‘एक अर्डिनरी लाईफ’ सार्वजनिक हुने तयारीमा छ । पुस्तक सार्वजनिक हुनु अगाबै पुस्तकमा समेटिएका केही किस्साले चर्चा पाएको छ ।

‘मिड डे’मा उल्लेख भएअनुसार पुस्तकमा नवाजुद्दिन सिद्दिकी र नायिका निहारिका सिंह विच भएको यौन सम्बन्ध भएको उल्लेख छ । ‘मिड डे’ले लेखेको छ कि-‘नवाजुद्दिनले सेक्सका लागि निहारिकालाई छानेका थिए ।’ निहारिका सन् २००५ कि ‘मिस इण्डिया’ समेत हुन् ।

नवाजुद्दिन र निहारिकाले हिन्दी चलचित्र ‘मिस लवली’मा सँगै काम गरेका थिए । यही चलचित्रको सुटिङको दौरानमा उनीहरु नजिकिएका थिए । नवाजुद्दिनका अनुसार एक दिन डान्सको सुटिङ हुँदै थियो । निहारिकालाई बिसञ्चो भयो । उनलाई चिसो लागेको रहेछ । यसै पनि कम बोल्ने निहारिका झनै थोरै बोल्न थालिन् । नवाजुद्दिनलाई उनी टाढिए जस्तो लाग्यो र ख्याल गर्न थाले । उनले घरमा खाना खान निम्तो गरे ।

निहारिका नवाजुद्दिनको घरमा गइन् । उनले आफ्नै हातले खाना बनाएर खुवाए । निकै प्रसंसा गरिन् निहारिकाले । त्यहि दिन निहारिकाले पनि नवाजुद्दिनलाई खाना खान निम्तो गरिन् ।

नवाजुद्दिन निहारिकाको घर गए । घर निकै सजाएको थियो । निकै प्रसंसा गरे नवाजुद्दिनले । निहारिका पनि निकै सुन्दर देखिएकी थिइन् मैन बत्तीको उज्यालोमा । कुराकानी गर्दा गर्दै उनीहरु बेडरुममा पुगेका थिए भने प्रेममा डुबेका थिए ।

जतिवेला नवाजुद्दिन निहारिकासँग नजिकिएका थिए, त्यहि वेला सुजैन नामकी अर्की युवति पनि उनको सम्पर्क थिइन् । न्यू जर्सीमा बस्दै आएकी सुजैन नवाजुद्दिनको सम्पर्कमा आएपछि मुम्बईमा बस्न थालेकी थिइन् । उनी आउने जाने गरिरहन्थिन् ।

‘मिस लभ्ली’ को सुटिङ सुरु हुुनु केही दिन अघि मात्रै सुजैन मुम्बईवाट न्यू जर्सी फर्किएकी थिइन् । न्यु जर्सी पुगेपछि सुजैनले नवाजुद्दिनलाई केही मेल पनि पठाइन् । तर, नवाजुद्दिनले रिप्लाई गर्न ढिला गर्न थाले । एक दिन सुजैनको मेल निहारिकाले देखिन् ।

सुजैन र नवाजुद्दिनको मेल पढे लगत्तै निहारिका भड्किइन् । अन्तमा दुबैसँग उनको सम्बन्ध बिगि्रयो । अहिले नवाजुद्दिन एक्ला छन् । उनको यो बायोग्राफी पुस्तक चाडै नै बजारमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment