Comments Add Comment

सिरहामा शृङ्खलाबद्ध तीन जनाको हत्या

७ असोज,सिरहा । सिरहामा १५ दिनको अबधिमा शृङ्खलाबद्ध रुपमा तीन जनाको हत्या भएको छ ।

एउटा घटनाको दोषीलाई प्रहरीले पक्राउ गरे पनि दुई वटा घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन ।

अन्य दुई घटनाका दोषीहरुलाई पनि पहिचान भइसकेकाले तुरन्तै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यलय सिरहाका डीएसपी राजन भेट्वालले जानकारी दिए ।

गत असोज १९ गते सिरहा नगरपालिका वडा नंम्बर २ मा दुई छिमेकीबीच भएको बिबादमा सिरहा नगरपालिका-२ का रामकुमार यादवले ४३ वर्षीय प्रताव भन्ने दयाराम रायालाई धारिलो हतियार प्रहार गरेका थिए । उनको उपचार उपचारका उपचारका क्रममा मृत्यु भयो ।

त्यसैगरी असोज २४ सिरहामा नेकपा एमालेका एक स्थाानीय नेताको घाँटी रेटेर हत्या भएको छ ।

अज्ञात समूहले कर्जन्हा नगरपालिका १० का ३८ वर्षीय शशिभूषण साहको हत्या गर्यो । हत्यारा अझै पत्ता लागेको छैन ।

उनका हत्यामा संम्लग्नको पहिचान भइसकेको र छिटै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

त्यसैगरी दुईवटा घटना भएको १० दिन नपुग्दै कार्तिक ५ गते सिरहाको कर्जन्हा नगरपालिकामै अर्का एक बालकको हत्या भएको छ ।

सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर दुई बन्दीपुरका कसुम यादबका १३ वर्षीय छोरा भबेश यादबको हत्या गरिएको हो ।

घर बाट तीन दिन अघि बेपत्ता पारिएका बालकको घाँटी रेटी हत्या गरेर फालिएको अबस्थामा पाँच गते राति प्रहरीले शव फेला पारेको हो ।

प्रहरीले शृङ्खलाबद्ध भएका घटना आपसी रिसइवीका  कारणले भएको अनुसन्धानबाट खुलेको बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment