+
+
Shares

सिरहामा करेन्ट लागेर ४५ वर्षीय पुरुषको मृत्यु

सुरेश राय सुरेश राय
२०८३ भदौ ७ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खुरुक्याही टोलमा करेन्ट लागेर ४५ वर्षीय मो. इसा अंसारीको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार आइतवार दिउँसो करिब १:४५ बजे आफ्नै खेतमा पानी तान्ने मोटरको तार मिलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
  • जिल्ला प्रहरी कार्यालय सिरहाले घटनास्थलको मुचुल्का गरी थप अनुसन्धान गरिरहेको छ।

७ भदौ, सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खुरुक्याही टोलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मो. मियाका छोरा अन्दाजी ४५ वर्षीय मो. इसा अंसारी रहेका छन् ।

प्रहरीका अनुसार आइतवार दिउँसो करिब १:४५ बजे घरदेखि करिब एक मिनेट पूर्व रहेको आफ्नै खेतमा पानी तान्ने मोटरको तार मिलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर भएका अंसारीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का लगायतका प्रारम्भिक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले बताए ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?