+
+
Shares

सिरहा घटना : प्रारम्भिक अनुसन्धानपछि काठमाडौं फर्कियो छानबिन टोली

गृह मन्त्रालयबाट खटिएको उच्चस्तरीय छानबिन समितिको टोली तीन दिनको स्थलगत अनुसन्धान तथा तथ्य प्रमाण संकलन र सरोकारवालासँगको छलफलपछि काठमाडौं फर्किएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजार घटनाको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिले तीन दिनको स्थलगत अध्ययन र सरोकारवालासँगको छलफलपछि प्रारम्भिक अनुसन्धान सकेको छ।
  • सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गएको टोलीले राजनीतिक दल, सुरक्षा निकाय र पीडित पक्षसँग समन्वय गर्दै घटनाको पृष्ठभूमि र क्षतिबारे विवरण संकलन गरेको छ।
  • घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र गृह मन्त्रालयले तोकेको समयसीमाभित्रै निष्पक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको समितिका सदस्यसचिव कुलशेखर अर्यालले जानकारी दिए ।

२० साउन, सिरहा । सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनमा गणेश यादवको ज्यान गुमाएपछि बनेको छानबिन समितिले प्रारम्भिक अनुसन्धान सिध्याएको छ ।

गृह मन्त्रालयबाट खटिएको उच्चस्तरीय छानबिन समितिको टोली तीन दिनको स्थलगत अनुसन्धान तथा तथ्य प्रमाण संकलन र सरोकारवालासँगको छलफलपछि काठमाडौं फर्किएको छ ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वको टोली सिरहा गएको थियो । गृह मन्त्रालयका उपसचिव तथा छानबिन समितिका सदस्यसचिव कुलशेखर अर्यालका अनुसार टोलीले सिरहामा तीन दिन बसेर विभिन्न राजनीतिक दल, उद्योग वाणिज्य संघ, समुदायका प्रतिनिधि, स्थानीयवासी, प्रत्यक्षदर्शी, सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्‍यो।

टोलीले आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई धरान पुगेर भेट गरेको थियो। उपसचिव अर्यालले चिकित्सकलाई उद्धृत गर्दै घाइतेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र दुई–तीन दिनभित्र अस्पतालबाट डिस्चार्ज गरिने जानकारी प्राप्त भएको बताए।

उनका अनुसार गृह मन्त्रालयले तोकेको समयसीमाभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। सोमबार टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको थियो। त्यसपछि मंगलबार बिहान गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक राखेर राजनीतिक दलका प्रतिनिधिसँग जानकारी संकलन तथा छलफल गरिएको थियो।

त्यसपछि उद्योग वाणिज्य संघ गोलबजारका व्यवसायीहरूसँग छलफल गरेर आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासो सुनिएको थियो। साथै मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै छलफल गरी घटनाको कारण, प्रभाव तथा सामाजिक सद्भाव कायम गर्ने उपायबारे पनि छलफल गरिएको टोलीले जनाएको छ।

व्यवसायिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको पनि उपसचिव अर्यालले बताए।

गोलबजार घटनापछि गृहमन्त्री सुधन गुरुङले मृतक गणेश यादवको परिवारलाई घरमै पुगेर भेट गरी घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?